१ नं. प्रदेश स्तरीय महिला फुटवल मोरङ्ग लाई हराउदै ताप्लेजुङ्ग प्रथम

विकास घिमिरे ।
धनकुटा, १७ फागुन । धनकुटामा जारि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत १ नं. प्रदेश स्तरीय महिला फुटवल छनोट प्रतियोगितामा मोरङ्ग लाई हराउदै ताप्लेजुङ्गले प्रथम स्थान हाँसिल गरेको छ ।

धनकुटाको तल्लो टुडिखेलमा आज भएको फाईन खेलमा मोरङ्ग लाई ताप्लेजुङ्गले १—० ले पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा ताप्लेजुङ्ग लाई विजयी गराउन अनुष्का शेर्पाले दोस्रो हाफमा गरेको गोल नै निर्णयक बनेको थियो मोरङ्गले पटक पटक पाएका अवसर लाई सदुपयोग गर्न नसक्दा पराजित हुन पुगेको हो खेल सकिन १ मिनेट अघि पाएको राम्रो अवसर लाई समेत मोरङ्गले गोल गर्न सकेन र दोस्रो स्थानमा नै चित्त बुझायो ।

त्यस्तै आज विहान भएको खेलमा उदयपुर लाई हराउदै झापाले तेस्रो स्थान हाँसिल गरेको थियो । यी खेल बाट छनोट भएका खेलाडीले आठौँ राष्ट्रिय प्रतियोगितामा प्रदेश न १ को प्रतिनिधीत्व गर्दे खेल्ने छन् । समापन खेलको प्रमुख अतिथी धनकुटा नगरकार्यपालिकाका प्रमुख चिन्तन तामाङ्गले गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo