हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएकाहरुको सम्झनामा युएईमा पनि शोकसभा

अनिस तामाङ,युएई । गत बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएका पर्यटन तथा नागरिक उड्डयन मन्त्री क.रवीन्द्र अधिकारी,प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरलाइन्स तथा एयर हेलिकप्टर कम्पनी एयर डाइनेष्टिका मालिक आङछिरिङ शेर्पा, नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, क्याप्टेन प्रभाकार के.सी तथा मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे प्रति नेपाली जन प्रगतिशील मंच युएई र प्रवासी नेपाली मंच युएईले संयुक्तरुपमा शोकसभा सम्पन्न गरेको छ ।

युएईको दुबई शहर स्थित एक होटलमा सम्पन्न भएको उक्त शोकसभा कार्यक्रमको अध्यक्षता प्रवासी मंच युएईका अध्यक्ष श्याम कडेल गरेका थिए, प्रमुख अतिथिको रुपमा फलोबास नगरपालिका मेयर पदममणि शर्माले गरेको थियो।

विशेष अतिथिहरु नेपाली जन प्रगतिशील मंच युरोपका संयोजक सुरेन्द्र भुसाल, एनआएएनए युरोप सह-संयोजक गोबिन्द गौतम, नेपाल पत्रकार महासंघ युएई शाखाका कार्यबाहक अध्यक्ष लक्ष्मण खनाल, एनआरएन आइसिसि सदस्य सुदिप कार्की, समाजसेवी निश्चल दाहाल लगायका व्यक्तिहरुको उपस्थितिमा शोकसभा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा हेलिकप्टर दुर्घटनामा परेर मृत्यु भएका मन्त्री लगायत सातै जनाको फोटोमा मल्यार्पन गर्देै उहाँहरु प्रति एक मिनेट मौनधारण गरेका थिए, साथै उपस्थित अतिथिहरुले स्वर्गीय अधिकारी लगायतका व्यक्तिहरुले समाजमा दिनु भएको योगदान प्रशंसा गरेर एक होनहार युवा नेतृत्व गुमाउनु पर्द राज्यले ठुलो क्षति बेहोर्नु परेको धारणा व्यक्त गरेका थिए ।

गत बुधवार ताप्लेजुंगमा भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारी सहित सात जनाको ज्यान गएको थियो । अधिकारीको हिजो पोखरामा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

उक्त कार्यक्रमको सञ्चालन नेपाल जन प्रगतिशील मंच युएईको कार्यबाहक अध्यक्ष बाबुराम विकले गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo