मगर जाति समुदाय नभएर सभ्यता समेत रहेको : श्रमसहचारी अधिकारी

साउदी । श्रमसहचारी अम्बिका अधिकारीले राज्यले मगर सभ्यताको संरक्षण गर्न सकिएन भने उनीहरूको अवमूल्यन हुने बताए । मगर जाति समुदाय नभएर सभ्यतासमेत रहेको उल्लेख गरे ।

गत शुक्रबार मगर संघ साउदी शाखाले ३७ औं एकता दिवसमा सहचारी अधिकारीले मगरले एकीकरणदेखि संघीय गणतन्त्रसम्म आइपुग्दा राज्यलाई महत्वपूर्ण योगदान दिएको बताए । उत्पीडनमा परेका जातिमध्ये मगर पनि एक रहेको छ । उनले थपे– नेपालका सबै जातजातिले एकाअर्काको सहअस्तित्वलाई स्वीकार्नु आवश्यक छ ।

साउदीमा हाल १० हजारभन्दामाथि महिला नेपाली कामदार रहेको बताए । यहाँ विभिन्न कारणले पिडित परेकाहरुले जानकारी दिन अनुरोध गर्दै पिडितहरुको उद्धार गरिरहेको उने बताइन् । अधिकारीले दुतवासले सहयोग गरेनन् भन्दापनि आफूले कानूनविपरीत अन्याय, अनैतिक कार्य नगर्न अनुरोध गरे ।

एनआरएन मध्य पूर्वकी महिला उपसंयोजक यास्मीन बेगमले मगर समुदायले नेपाल एकीकरणमा गरेका योगदानलाई कदर गरे । साउदीमा रहेका नारीहरुले आफ्ना दिवसका कार्यक्रमलाई एक हप्ता अगाडि गरी सहयोग गरेकी बताइन् । उनले थपिन्–‘नेपाल विभिन्न जातजातिको फुलबारी हुन्, त्यसमध्ये मगर एक फुल हुन् ।’

यसैगरी दिदीबहिनी समूह साउदीकी अध्यक्ष तुलसी गुरुङले मगरहरुले प्रवासमा समेत आफ्ना पहिचानलाई जोगाउन सफल भएकोमा गर्व गरिन् । नारी दिवस भएकोले साउदीमा रहेकी महिलाहरुको उद्धारका लागि समूह लागिरहने प्रतिवद्ध गरिन् । गुरुङले थपिन्– ‘नेपालीहरू बिदेशीनु रहर नभएर बाध्यता भएको हो । खाँडीमा कार्यरत महिलाप्रति हेर्न पुरुष मित्रहरूले नजर फेर्न आग्रह गरिन् । ’

समारोहमा लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय सदस्य श्रीयावा लिम्बुले मगर समुदाय विभिन्न कालखण्डमा विभेद भोग्दै आएका समुदाय भएको बताए । मगरात, ताम्सालिङ, लिम्बुवान, नेवाः लगायत संघसंस्था, पार्टीभन्दा माथि हो । उनले भने– ‘पार्टी, संघसंस्था नयाँ खोल्न सकिने तर भाषा,माटो वा भूगोल नयाँ बनाउन सकिदैन । राज्यले सीके राउतदेखि रेशम चौधरीसम्मलाई पद र अवसरको आशा देखाए आदिवासीहरुको हकअधिकारमा पुर्णबन्देज लाउन खोजिएको उनले बताए ।’

एनआरएनए साउदीका अध्यक्ष नारायण पासवान ,तमुधिका अध्यक्ष खेम गरुङ, अन्तर समन्वय समितिका अध्यक्ष कृष्ण पुरी, किराँत यायोका अध्यक्ष रामकुमार राई लगायतले प्रथम शहीद लखन थापादेखि मगर समुदायको राज्य एकीकरणमा ठुलो योगदान रहेको जोड दिदै शुभकामना दिए ।

“सम्पूर्ण मगरहरू एक हौं,आफ्नो भाषा,लिपी तथा संस्कृतिको संरक्षण गरौं” भन्ने नाराका साथ संघले खोबारस्थित गल्फ दरवार रेस्टुरेन्टमा कार्यक्रम गरी एकता दिवस मनाए ।

एनआरएनए आईसिसि सदस्य एवं वैदेशिक रोजगार तथा आप्रवासी नेपाली कल्याण समितिका मध्यपुर्व सहसंयोजक जोन अर्याल, एनआरएनए आईसीसीका मानर्थ सदस्य राजु सैयद, सनराईज कार्गोका सञ्चालका जेनकुमार लामा, एकीकृत विश्वकर्मा समाजका अध्यक्ष अर्जुन विक, समान मधेशका अध्यक्ष त्रिलोक यादव नेपाली पत्रकार संघ (इन्जा)का सदस्य तेज थापा, स्याङ्जा समाजका महासचिव टीका केसी, फ्रेन्डस अफ नेपाल तथा नेवा समाजका अध्यक्ष श्रीकृष्ण श्रेष्ठको उपस्थिति थिए । यसैगरी काभ्रे सेवा समाज साउदी अरवका अध्यक्ष जेन लामा, रोल्पा सेवा समाज साउदीका अध्यक्ष चक्र पुन, एनआरटिएनसि नेपाली समाज साउदीका अध्यक्ष विष्णु पोख्रेरेल मधेस साउदीका अध्यक्ष कमल देव, समाजसेवी विजय मोक्तान लगायत संघसंस्थाका प्रतिनिधिहरूको उपस्थित रहेका थिए ।

कार्यक्रममा कलाकारहरू खेम गुरुङ, मुना तामाङ, सीमा तामाङ, पुतली तामाङ, कमली तामाङ, मन्जु विश्वकर्मा, धनकुमारी मगर नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी लक्ष्मी तामाङ, प्रवजल थापा मगर, जित थापा मगर, प्रेम केसी, हरि कार्की, इस्लाम मियाँ, फडेन्द्र कार्की, सुरेश मगर डिके (दिपक) टीका केसी लगायतले बेजोड प्रस्तुति दिएका थिए ।

संघका संस्थापक अध्यक्ष बमबहादुर मगरको सभाध्यक्षमा वर्तमान अध्यक्ष प्रेम मगरले स्वागत गरे भने प्रमुख सल्लाहकार खेम गर्वुजा मगरले संचालन गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo