धनकुटा अस्पतालमा अक्सिजन जडान सम्बन्धी संझौतामा हस्ताक्षर

धनकुटा,२७ फागुन । जापान सरकारले जिल्ला अस्पताल धनकुटामा आकस्मिक उपचार सेवाका लागि अत्यावश्यक अक्सिजन उत्पादन तथा वितरण प्रणाली उपलब्ध गराएको छ ।

आकस्मिक कक्ष, सल्यक्रिया र अन्तरंग विभागमा सोझौ अक्सिजन पु¥याउन सकिने ‘अक्सिजन जनेरेसन एण्ड डिस्ट्रीब्यूसन सिस्टम’ जडान सम्बन्धी संझौतामा आज जापानी राजदुत मासामिच साइगो र जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरिटेण्डेन डाक्टर अभिताभ ठाकुरले हस्ताक्षर गरेका हुन ।

सूर्यबहादुर थापा फाउण्डेसन मार्फत जापान सरकारको ग्रासरुट ह्यूमेन सेक्यूरिटी प्रोजेक्ट जिजिपी मार्फत एक करोड रुपैयाँ उपलब्ध गराउँने सम्बन्धी संझौतामा हस्ताक्षर भएको डाक्टर ठाकुरले बताए ।

जिल्ला अस्पतालमै अक्सिजन उत्पादन तथा वितरण प्रणाली जडान हुने भएपछि शल्यक्रिया र जटिल रोगका विरामिलाई तत्कालै धरान र बिराटनगरका अस्पताल पठाउनु पर्ने बाध्यता को अन्त्य हुने अपेक्षा गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo