युएईमा तामाङ संस्कृतिमा आधारित चलचित्र “ए बिना” को बिशेष प्रदर्शन हुने

युएई । मध्यपूर्बको अतिनै बिकसित देश यूएईको पर्यटकीय शहर दुबईमा सन्गीत फिल्समको ब्यानरमा निर्मित तामाङ संस्कृतिमा आधारित चलचित्र “ए बिना” को बिशेष प्रदर्शन हुने भएको छ ।

“ए बिना” अर्थात् “तिमी बिना” सम-सामाजिक, लभ-स्टोरी, एक्सन तथा परदेशी जीवनलाई चित्रण गरी बनाएको चलचित्रको नायक ताथा निर्देशक बिजय तामाङले बताउनु भएको छ । नेपालको पर्यटकीय क्षेत्र पोखरा, धम्पुस, काठमाण्डौ र यूएईका बिभिन्न स्थानहरूमा करीब ४५ दिनको छायांकन गरि “ए बिना” चलचित्र बनाएको निर्माण नियंत्रक सागर महत र घनश्याम पुन मगरले जानकारी दिनुभएको छ।

यस चलचित्रमा नायक बिजय तामाङ, नायिका सुष्मा मोक्तान र डेब्यु नायकका रूपमा बसन्त लामा र धन बहादुर लामाको मुख्य भुमिका रहेको छ । बिगत लामो समय देखि यूएईलाई आफ्नो कर्मभुमी बनाई बसेका नायक बिजय तामाङले यूएईमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरूमा आफ्नो सुन्दर नृत्य प्रस्तुतिहरू प्रस्तुत गर्दै आएका छन् । उनले यस अघि “एला मायासे” र “सेम्ला नाङसाल” नामक उत्कृष्ट तामाङ चलचित्रहरूमा नायकको भुमिकामा अभिनय गरिसकेका छन ।

त्यस्तै गरी नायिका सुष्मा मोक्तान तामाङ रङ्गमंचमा उदयीमान र ठूलो सम्भावना बोकेकी नायिकाको रूपमा परिचित छिन् । छोटो समयमा नै आफ्नो कुशल नृत्य, अभिनय र स्वभावले सबैको मन जित्न सफल उनले १ दर्जन बढी तामाङ चलचित्रहरूमा नायिकाको रूपमा अभिनय गरिसकेकी छिन । तामाङ र सेलो गीतका म्युजिक भिडियोहरूमा उत्तिकै जमन सफल उनले यस क्षेत्रमा एक छत्र राज गरिरहेकी छिन । उनले थुप्रै नेपाली गीतका म्युजिक भिडियोहरूमा पनि अभिनय गरेकी छिन् ।

यहि अप्रिल ५ तारीख शुक्रबारको दिन दिउसो २ बजे बरदुबई स्थित नशा नेपाली लाईभ बारमा “ए बिना” को पहिलो प्रदर्शनी हुन लागेको र त्यसका लागि सबै तयारीहरू अन्तिम चरणमा रहेको ब्यबस्थापक घनश्याम पुनले बताउनु भयो ।

“ए बिना” चलचित्रको युनिटमा कथा, नृत्य निर्देशन तथा निर्देशक विजय तामाङ,छायांकन सन्तोष पीटाकोठी / निरोज लामा,संगीत / गायन: बिशाल थिङ्ग,द्वन्द : राजु किरात,निर्माता निरोज लामा, धन बहादुर लामा, बसन्त लामा र ब्यबस्थापक सागर महत / घनश्याम पुन मगर रहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo