स्थानिय निकायले आदिवासी जनजाति लक्षित वजेट नदिएको

धनकुटा,फागुन ३० । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राईले स्थानिय निकायले आदिवासी जनजाती लक्षित वजेट नदिने गरेको भन्दै यस विषयमा संघको ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

नेपाल आदीवासी जनजाती समन्वय परिषद सागुरीगढी गाउँपालिकाको आयोजना भएको जनजाती अधिकार र वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा वोल्दै उहाँले त्यस विषयमा आफुहरुको ध्यानाकर्षण भएको वताउनुभएको हो ।

उहाँले अहिले स्थानिय निकायले निर्देशिकामै नभएको भन्दै जनजाती लक्षित वजेट कटौति गर्नु दूर्भाग्य पूर्ण रहेको भन्दै यो अधिकार पाउन शान्ति पूर्ण आन्दोलन गर्ने चेतावनी दिनुभयो । परिषदका सागुरीगढी गाउँपालिका अध्यक्ष प्रमिला लिम्वुको अध्यक्षतामा भएको कार्यक्रममा सागुरीगढी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष याम वहादुर मगरले भने जनजाती लक्षित वजेट कटौति गर्न नहुने वताउनुभयो ।

कार्यक्रममा अन्य सहभागीहरुले जनजातीहरुको हक अधिकार स्थापनाका लागि जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने वताएका थिए । कार्यक्रममा नेकपाको तर्फवाट अनिल कुमार राना मगर,नेपाली कंग्रेसको तर्फवाट क्षेत्रीय सभापति जितेन्द्र राई,र्सघीय समाजवादी फोरमका लिलाराज लावती,लगायतकाले मन्तव्य राखेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo