आधारभुत कम्यूटर तालिम तथा सुइटर बुनाई तालिम सुरु

धनकुटा । लघु घरेलु तथा उद्योगबाट घरघरमा रोजगार दिगो आत्मनिर्भरता र समृद्धि अर्थतन्त्रको आधार भन्ने नाराका साथ घरेलु तथा साना उद्योग विकास समितीको मुख्य शाखाकार्यलय धनकुटा र नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाले आयोजना गरेको ३ महिने वेसिक कम्यूटर तालिम तथा सुइटर बुनाई तालिम आज बाट धनकुटा सदरमुकाममा सुरु भएको छ ।

जिल्ला समन्य समिती धनकुटाका उपसंयोजक बंगला राईले आज एक कार्यक्रमका बिच उत्घाटन गरेकी छन् । उत्घाटन कार्यक्रमा बोल्दै उद्यमीहरु कुशुम राना, दुर्गा अधिकारीले तालिममा सहभागिहरुले सिक्नका लागि मात्र तालिम लाई नलिई उद्यमी बन्छु भन्ने धारणका साथ तालिममा सहभागि हुन सहभागि लाई आग्रहगरेका थिए ।

घरेलु तथा साना उद्योग विकास समितीको मुख्य शाखा कार्यलय धनकुटाका प्रमुख दिपक पौडेलले सिप सिकेर आत्मनिर्भर हुन्छौ भन्ने र सिक्न चाहने लाई सरकारी पक्ष बाट हौसला र सहयोग भई रहेको र आगामी दिनमा समेत सहयोग हुने बताए । प्रमुख अतिथी जिल्ला समन्य समिती धनकुटाका उपसंयोजक बंगला राईले तालिममा सिकेको सीप लाई सबै प्रशिक्षार्थीले व्यावहारमा उतार्न जरुरी रहेको बताईन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले सीप सिकेका यूवाहरुले अव कामका लागि बिदेशीनु पर्ने बाध्यताको अन्त गर्न आवश्यक रहेको बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo