सडक सुशासन कायम गर्न सञ्चालित १५ दिने महाअभियान अन्तर्गत आज पोशाक वितरण

धनकुटा,चैत्र १ । १ नम्बर प्रदेशका १४ वटै जिल्लामा सवारी चालक र सहचालकहरुलाई आफ्नो पेशा प्रति उत्तरदायी बनाई सडक सुशासन कायम गर्न सञ्चालित १५ दिने महाअभियान अन्र्तगत आज धनकुटामा सवारी चालक तथा सहचालकहरुलाई पोषाक प्रदान गरिएको छ ।

जिल्ला प्रहरी कार्यलय र जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाको संयुक्त आयोजनामा भएको कार्यक्रममा जिल्ला प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरूङले उनीहरुलाई पोषाक वितरण गर्नुभएको हो ।

पोषाक वितरण गर्नु अघि प्रभातफेरी समेत गरिएको ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिनुभयो ।

कार्यक्रममा राजनैतिक दल, बिभिन्न संघसंस्थाका पदाधिकारी, बिद्यालयका शिक्षक, बिद्यार्थी, यातायात व्यवसायी, मजदुर, सवारी चालक, सहचालक, संचारकर्मी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी र स्थानीयले उपस्थिती जनाएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo