महालक्ष्मी नगरपालिकाको वडा ५ र ७ मा स्वास्थ्य केन्द्र स्थापना

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको प्रत्येक वडामा एक स्वास्थ्य संस्था स्थापना गर्ने नीति अन्र्तगत ७ नं. वडाको आन्द्रुङ र ५ नं. सालघारीमा स्वास्थ्य संस्था स्थापना भएका हुन् ।

एक कार्यक्रमका वीच ती दुई स्वास्थ्य संस्थाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले औपचारिक रुपमा उद्घाटन गरे । हरेक स्वास्थ्य केन्द्रमा १ जना अहेव र १ जना कासको दरवन्दी कायम गरिएको छ ।

केन्द्रवाट नियमित रुपमा महिलाको गर्भजाँच, वालवालिकालाई खोप, सामान्य उपचार र नेपाल सरकारवाट निःशुल्क पाइने ४० प्रकारका औषधी उपलब्ध हुनेछन् । नगरक्षेत्रवासीले स्वास्थ्य सेवा आफ्नै गाउँघरवाट सहज रुपमा पाउन भन्ने उदेश्यले हरेक वडामा स्वास्थ्य संस्था स्थापना उदेश्य अनुसार दुईवडामा स्थापना गरिएको मेहर नेपालले बताए ।

केन्द्रलाई आवश्यक उपकरण, औषधी तथा जनशक्ति नगरपालिका आफैंले आन्तरिक स्रोतवाट जुटाएको हो । ५ नं. को सालघारीमा स्वास्थ्य केन्द्र स्थापना गर्न दुई कोठा भाडामा र ७ नं को आन्द्रुङमा खोपकेन्द्र रहेको स्थानमा स्वास्थ्य केन्द्र स्थापना गरिएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo