स्वर्ण पदक विजेता अजितलाई पुरस्कारको ओइरो

राजविराज । एशियाली एथलेटिक्समा स्वर्ण पदक विजेता राजविराजका अजितकुमार यादवलाई बधाई एवं पुरस्कारको दिनेको ओइरो लागेको छ । हङ्कङमा भएको तेस्रो एशियाली एथलेटिक्समा ऐतिहासिक स्वर्ण पदक हात जितेका यादवलाई पुरस्कारका लागि विभिन्न व्यक्तिले दैनिक घोषणा गर्ने गरेका छन् ।

राजविराज नगरपालिकाको बैठकले यादवलाई सम्मानस्वरुप रु एक लाख एक दिने निर्णय गरेको नगरप्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए । यस्तै तिलाठी कोइलाडी गाउँपालिकाको बैठकले पनि स्वर्ण पदक विजेता यादवलाई रु ५१ हजार पुरस्कार दिने निर्णय गरेको छ । भव्य कार्यक्रम गरी यादवलाई सम्मान गरिने गाउँपालिकाका अध्यक्ष सतिश सिंहले बताए ।

जिल्लाका खेलप्रेमी अजितको प्रदर्शनबाट खुशी भएका छन् । सप्तरीको राजविराज नगरपालिका–१२ विषहरियाका यादव हाल राजविराज– ३ मा बस्दै आएका छन् । दिनहुँ बधाई दिनेको ओइरो लाग्ने गरेको उनकी आमा सरिताले बताइन् । प्रदेश नं २ सरकारले स्वर्ण पदक विजेता यादवलाई रु पाँच लाख पुरस्कारस्वरुप दिने घोषणा गरेको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo