प्राविधिक आन्दोलनले पुनःनिर्माण प्रभावित

धनकुटा । सेवा सुविधासम्बन्धी विभिन्न माग राखेर प्रविधिकहरु आन्दोलित भएपछि एक नम्बर प्रदेशका पहाडी जिल्लामा निजि आवास पुनर्निणको काम अलपत्र परेको छ ।

फिल्डमा खटिए बापतको अतिरिक्त सुबिधा, प्रोत्साहन भक्ता, स्वास्थ्य र दुर्घटना बिमा, भौतिक सुरक्षा तथा स्थानीयतहमा स्थायीत्वको माग गर्दै प्राविधिकहरुले काम छाडेपछि धनकुटा, भोजपुर, तेह्रथुम र संखुवासभामा पुननिर्माणको काम अघि बढ्न सकेको छैन् ।

गत फागुन १४ गते विज्ञप्ती निकालेर कार्यस्थल छाडेका प्राविधिकहरु फागुन महिनाको तलव बुझ्न २६ गते कार्यलय फर्के पनि उनिहरुले फिल्डको कुनै काम भने गरेनन् । प्राविधिक मुल्याङ्कन नहुँदा किस्ता पाउन योग्य भूकम्प पिडितहरुले समेत अनुदान रकम पाउन सकेका छैनन् ।

पुनःनिर्माणमा खटिएका प्राविधिकहरुको नियमिन र तलव सुविधा स्थानीयतह मार्फत दिलाउने ब्यबस्था नभएसम्म पुनःनिर्माणको काम प्रभावकारी बन्न नसक्ने स्थानीयतहका पदाधिकारीहरुले बताएका छन् ।

धनकुटाको महालक्ष्मी नगरपालिकाका प्रमुख परर्शुराम नेपालले पुनःनिर्माणमा खटिएका प्राविधिकहरुको नियमन र परिचालन स्थानीयतहलाइ नदिए भूकम्प पिडितहरु घरबाहिरै हुने बताए । उनले भने, ‘पुननिर्माणमा खटिएका प्राविधिकहरु स्थानीयतह मातहत नआएसम्म निजि आवास पुननिर्माणको काम पुरा हुन सक्दैन ।’

यता जिल्ला आयोजान कार्यन्यन इकाई धनकुटाका प्रमुख दिपनारायण शाहले भने प्राविधिकहरुको माग सम्बोधन हुन आवश्यक भएकोले यस लाई चाडो पूरा गरि पुननिर्माणको कार्यलाई दु्रतगतिमा लानका लागि संम्बिन्धीत निकायले ध्यान दिन आवश्यक रहेको बताए ।

उनले भने “ प्रविधिकहरु आन्दोलित भए पुननिर्माणको काम अघि बढाउन समस्या हुन्छ” धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथममा इन्जिनियर, सबइन्जिनियर, असिस्टेन्ड गरी ६९ जना प्राविधीक फिल्डमा रहेको र यी जिल्लामा करिब १० हजार भूकम्प पिडित लाभग्राहिको सूचिमा समेटिएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo