अभिनेत्री सरिता लामिछाने द्वारा चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौँ : यही आगामी चैत्र २३ गते शनिबार हुनगईरहेको नेपाल चलचित्र कलाकार संघको निर्बाचनमा अध्यक्ष पदको लागि बर्तमान महासचिब अभिनेत्री सरिता लामिछानेले उम्मेदवारी घोषणा गरेकी छिन । काठमाडौँमा चैत्र २३ गते हुन गईरहेको नेपाल चलचित्र कलाकार संघको अधिबेसनबाट नयाँ कार्य समितिको लागि उनले अधक्ष्य पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

संघको विभिन्न कार्यसमितिमा बस्दै सक्रिय रुपमा कलाकारहरुको हकहितमा बुलन्द आवाज उठाउदै आएकी अभिनेत्री सरिता लामिछाने नेतृत्व सम्हाल्न सक्षम रहेकी चलचित्र वृतका बिज्ञहरु बताउछन ।

बिगत २ दशक देखि सक्रिय रुपमा चलचित्र क्षेत्र तथा कलाकारिता क्षेत्रमा रहेर सदैब कलाकारहरुको हितमा वकालत गर्दै आएकी उनि कलाकारितालाइ समेत निरन्तरता दिदै आगामी दिनहरुमा अझ बेशी सक्रियता जनाउदै कलाकारहरुको हक हीत र अधिकारको लागि सधै सपर्पित हुदै र कलाकार संघलाई सशक्त रुपमा अगाडि बढाउन पहल गर्ने अठोटको साथ आउने कार्यकालको लागि अधक्ष्य पदमा उम्मेदवारी दिने घोषणा गरेको अभिनेत्री सरिता लामिछाने बताउछिन ।

अधक्ष्य पदमा उम्मेद्वारी दिनको लागि पनि आफूभन्दा अग्रज कलाकार, पत्रकार, तथा समकालीन साथीहरुसंग सल्लाह सुझाब लिएर अगाडि बढेको र आफूलाई सहयोग गरि बिजय गराई दिनु हुन कलाकारहरु, पत्रकारहरु सबैमा अभिनेत्री लामिछानेले आग्रह समेत गरेकी छिन।

स्मरण रहोस उनि नेपाल चलचित्र कलाकार संघको ३० औ बर्षे ईतिहासमा पहिलो महिला महासचिब पदमा अत्याधिक बहुमतले बिजय गरेको पहिलो महासचिब हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo