धनकुटामा पहिलो पटक अत्याधुनिक मेसिनबाट आँखाको शल्यक्रिया

धनकुटा । पूर्वी पहाडमानै पहिलो पटक नेपाल नेत्र ज्योती संघ धनकुटाद्धारा संचालित राम प्रसाद आखा अस्पताल धनकुटाले अत्याधुनिक मेसिनबाट आखाको अप्प्रेशन(शल्यक्रिया) शुरु गर्ने नेपाल नेत्र ज्योती संघ धनकुटाले जनाएको छ ।

सेवालाई अझ गुणस्तरीय सेवा प्रदान गर्ने उदेश्यले आखाको मोतीया बिन्दुको अप्रेसन आगामी सोमवार देखी पहिलो पटक फेको मेसिनबाट शुरु गर्ने संघका सभापति दोर्ण गुरगाईले वताउनु भयो ।
सेवा फाउण्डेशनको सहयोगमा उक्त मेसिन खरिद गरिएको हो ।

धनकुटामानौ अध्याधुनिक मेसिनबाट आखाका शल्यक्रिया गरिने भएपछि अन्धोपन निवारणमा महत्वपूर्ण सहयोग पुग्ने र आखाको उपचारमा सहजता आई पूर्वी पहाडी जिल्ला धनकुटा,तेह्थुम,भोजपुर,संखुवासभा लगायतका जिल्लाहरुलाई प्रत्यक्ष फाईदा पुग्ने नेपाल नेत्र ज्योती संघ धनकुटका प्रचार प्रसार समितिका संयोजक तथा शिविर समन्वय समितिका संयोजक विजय सन्तोषी राईले वताउनु भयो ।

यो अस्पतालले पूर्व पहाडमानै पहिलो पटक  फेको मेसिनबाट गरिने शल्यक्रिया प्रभावकारी र गुणस्तरीय हुने र अन्यन्त्र भन्दा कम अत्यन्तै सस्तो ५ हजार देखी ८ हजार रुपैया मात्र शल्यक्रिया शुल्य दिईने सभापति गुरागाईले वताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo