कुन राशिको लागि आजको दिन कति शुभ ? – हेर्नुहोस् चैत्र १० गते आइतबारको राशिफल

श्री शाके १९४० बि.स. २०७५ साल चैत्र १० गते आइतबार इश्वी सन् २०१९ मार्च २४ तारीख चैत्र कृष्ण पक्ष चतुर्थी तिथी स्वाती नक्षत्र ११ः३१ बजे सम्म पश्चात विशाखा नक्षत्र हर्षण योग वव करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा लुम्ब योग सुर्य उत्तरायण वसन्त ऋृतु विश्व क्षयरोग दिवस –ज्यो.पं. सरोज घिमिरे/धनकुटा खबर ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

नयाँ ब्यापार ब्यवसाय सुरु गर्न उत्तम समय रहेकोछ । सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्ने समय रहेको छ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित हुनेछ । मान सम्मानमा सामान्य ठेस पुग्न सक्नेछ ।

बृष राशि -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

तपाईको कार्यको श्रेय अन्य ब्यत्तिहरुलाई सहज रुपमा प्राप्त हुनेछ । यात्राका कारण अनाबश्यक खर्चको सम्भाबना रहेको छ । प्रतिस्पर्दा मुलक कार्यका क्षेत्रमा तथा सामाजिक कार्यमा तपाई अग्रता उत्तम साबित हुनेछ ।

मिथुन राशि -का, कि, कु, घ, ङ, छ, के, को, ह

अध्यन अध्यापनका निम्ती उत्तम समय रहेकोछ । साजेदारी कार्यमा भने सजग रहनु पर्ने समय रहेकोछ । ब्यापार ब्यवसायको क्षेत्र बाट मनग्य लाभ प्राप्त हुने समय रहेकोछ । प्रेम सम्बन्धमा भने सामान्य तनाबको स्थीति देखा पर्नेछ ।

कर्कट राशि -हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सबारी साधको प्रयोगमा साधारण समस्या उत्पन्न हुन सक्नेछ । पारीवारिक साथ सहयोग मार्फत नयाँ कार्य प्रारम्भको योग रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने समय रहेकोछ । मानसम्मान प्राप्तीको सम्भाबना रहेकोछ ।

सिंह राशि -मा, मि, मु, मे, मो, टा, टि, टु, टे

शुभ चिन्तकहरुको प्रयाप्त साथ प्राप्त हुनाले कार्यसम्पादनमा सहजता रहनेछ । पराक्रममा बृद्धि हुनेछ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहला । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।

कन्या राशि -टो, प, पि, पु, ष, ण, ठ, पे, पो

बादबीवाद को झमेलामा फस्न सक्ने सम्भाबना रहेको छ । तपाईको बाणीकोगलत अर्थ लाग्न सक्छ बोल्दा होशपूर्याउनु होला । प्रियजनको स्वास्थमा सामान्य खराबि आउनाले मानसीक समस्या आईपर्न सक्नेछ । सामान्य यात्राको योग रहेको छ ।

तुला राशि -र, रि, रु, रे, रो, ता, ति, तु, ते

भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ ।

बृश्चिक राशि -तो, ना, नि, नु, ने, नो, या, यि, यु

मित्रजन तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । प्रेमी प्रेमीका बिचको सम्बन्धमा केहि सुधार आउने छ । सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ ।

धनु राशि -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ । पतिपक्क्षीहरु सबल रहनाले कार्य सम्पादनमा झन्झट ब्यर्होनु पर्ला । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेकोछ ।

मकर राशि -भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सामान्य कार्यमा ज्यादा समय ब्यतित हुनसक्नेछ । परोपकारको क्षेत्रमा धेरै समय र परीश्रम खर्च हुन सक्छ । मान्यजनको अनुसरण बाट बिशेष लाभ प्राप्त हुने समय रहेको छ । दाम्पत्य शुखमा सामान्य खराबि आउन सक्नेछ ।

कुम्भ राशि -गु, गे, गो, सा, सि, सु, से, सो, द

दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ । साधारण यात्राको सम्भाबना रहको छ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ ।

मीन राशि -दि, दु, थ, झ, ञ, दे, दो, च, चि

स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । बोलिको कारण कुलकुटुम्ब सगँको सम्बन्धमा तिक्तता पैदा हुन सक्ला । तपाईको कार्यको फल अरुलाई सहजै प्राप्त हुनाले मनमा खिन्नता उत्पन्न हुनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo