कोशी उच्च बाँध बन्छ बन्दैन स्पस्ट गर्न स्थानियको माग

धनकुटा । २०४८ सालमा सुनसरी, उदयपुर र धनकुटाको सीमावर्ति कोशी गल्छीमा बाँध हाल्न अध्ययन गर्ने सहमति र त्यस पछि निर्वाचन र शिर्षपाटीका उच्च नेता जिल्ला आउँदा र अन्य समयमा चल्ने गरेको छलफर र हल्लाले बिवादास्पद सप्तकोशी उच्चबाँध बन्ने नबन्ने अन्यौलताले स्थानिय पिरोलि रहेको छ ।

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालको भारत भ्रमणका बेला २०४८ सालमा सुनसरी, उदयपुर र धनकुटाको सीमावर्ति कोशी गल्छीमा बाँध हाल्न अध्ययन गर्ने सहमति भएको थियो । कोशी नदिको पानीबाट तीनहजार मेगावाट बिजुली निकाल्ने, आसपासका क्षेत्रमा सिंचाइका ठूला परियोजना संचालन गर्ने तथा बिहारलाई कोशी बाढिबाट बचाउने देखि नेपालमा पानी जहाज चलाउने सम्मका महत्वकाक्षिं योजना छन् ।

सन् २०१३ भीत्र सप्तकोशी बहुउदेशिय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन पुरा गर्ने सहमति पनि भएको थियो । स्थानीयको असहमति र बिरोधका बाबजुद उच्च बाँध निर्माणको काम अघि बढेको छैन् । तर दुइसय ६९ मिटर अग्लो बाँध बन्ने हल्ला चले देखिनै प्रभावित नौ जिल्लाको तल्लो तटिय क्षेत्रका करिब एक लाख भन्दा बढि स्थानीय अन्यौलमा छन् । प्रभावित क्षेत्रमा जग्गा किनबेच ठप्प छ ।

असुरक्षित क्षेत्र भन्दै बैंकहरुले लगानी गर्न नमाने पछि जग्गा धितो राखेर ब्यबशायमा लगानी गर्न चाहनेहरुले कर्जा समेत पाउन सकेका छैनन् । प्रभावित क्षेत्रका स्थानीहरुले लम्बिदो अन्यौलताको अन्त्य गरि कोशी उच्चबाँध बारे प्रस्ट पार्न सरकारसँग आग्रह गरेका छन् । शहिदभूमि गाउँपालिका १ धनकुटाका अमर राईले भने समय समयमा चल्ने कोशी उच्च बाँधका कारण स्थानिय लाई पिरोल्लने गरेको बताउछन् ।

उनले भने “कोशी बाँध बन्छ भनेको धेरै समय भयो त्यसले गर्दा जग्गा जमिन जोड्ने घर बनाउने ढुक्क संग बस्ने बाताबरण नै बनेन कहिले छोडेर हिड्नु पर्ने भन्ने अन्ययोलता छ ” बिजुली र सडक पहुँचयूक्त तल्लो र माथिल्लो तटिय क्षेत्रमा उत्पादनशील फाँटिलो जमिन भएपनि किनबेच ठप्प छ । कर्जा लिएर ब्यबशाय सुरु र बिस्तार गर्न चाहनेले बाँध निर्माणको हल्लाकै कारण स्थानियले बैंकबाट ऋण समेत पाउन नसकेको शहिदभूमि गाउँपालिका १ का वडाध्यक्ष असोक राई बताउछन् ।

उनले भने “ अब सरकारले नागरीक लाई स्पस्ट उच्च बाँध बन्छ या बन्दैन भनेर स्पस्ट पार्नु पर्दछ अन्ययोलमा सदै राख्न मिल्दैन् ” डुवान, बाध्यात्मक बिस्थापन, भूस्खलन र जैविक बिबिधताको विनास हुने भएकाले सप्तकोशी जल आयोग गठन गरिनुपर्ने, आयोजना सुरु गर्नु अघि लल्लोतटिय क्षेत्रका बासिन्दालाई पुर्नबास र पुनस्थापनाको ग्यारेन्टि गरिनु पर्ने लगायतका मागमा बेलाबेलामा संघर्षका कार्यक्रम हुदै आएका छन् । दुइतिहाइ समर्थन प्राप्त सरकारले यतिका धेरै नागरिकको चासो र सरोकारको बिषय बनेको कोशी उच्च बाँधबारे स्थानीयलाई प्रष्ट पार्नु आवश्यक छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo