प्रदेशको राजधानी र नामाकरण सहमतीकै आधारमा प्रदेश सभाले तोक्ने :मुख्यमन्त्री राई

धनकुटा । धनकुटामा तत्काल यातायतको कार्यालय स्थापना,जिल्ला अस्पताललाई ५० शैयाको बनाउने निर्णय गरीदिन र १ नम्वर प्रदेशको राजधानी धनकुटामा बनाउन पहल समेत गरी दिन मुख्यमन्त्री शेरधन राई संग माग गरिएको छ ।

धनकुटाको हिलेमा भएको मुख्य मन्त्री राईसंग भएको भेटघाट तथा छलफलमा उक्त मागहरु राखिएको हो ।

कार्यक्रममा धनकुटा जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद तथा नेकपाका नेता राजेन्द्र राई,धनकुटाका प्रदेश नम्वर १ का सांसदहरु निरन राई,इन्द्रमणी पराजुली,कुसुम कुमारी श्रेष्ठ,धनकुटा जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान,धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग,सहिदभूमी गाउपालिका प्रमुख मनोज राई,छथरजोरपाटी गाउपालिका प्रमुख शेर वहादुर लिम्बु,धनकुटा नगरपालिका वडा नं. १ का वडाध्यक्ष निरेन तामाङ्ग, नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे,उपाध्यक्ष तारा तुतिङ्ग,नागरिक समाजका धनकुटाका अध्यक्ष दोर्ण गुरागाई ,सावित्रा वान्तवा राई,जिल्ला खेकुद विकास समितिका अध्यक्ष भोगेन्द्र थापा,समाजसेवी तथा यूवा व्यावसायीहरु धिरेन थिङ्ग तामाङ्ग,फुर्वा घिसिङ्ग लगायतको उपस्थिति रहेको थियो ।

मुख्य मन्त्री राईले धनकुटामा यातायातको कार्यालय लगायत अन्य कार्यालयहरु राख्ने प्रदेश मन्त्रीपरिषदको बैठकले तत्काल निर्णय गर्ने वताउनु भयो । उहाले प्रदेशको राजधानी र नामाकरण सहमतीकै आधारमा प्रदेश सभाले तोक्ने त्यसका लागी पहल भैरहेको समेत बताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo