नेपाल अलैंची ब्यबसायी महासंघको छैंठौं साधारणसभा तथा तेस्रो महाधिवेशनको मुख्यमन्त्री राईद्वारा उद्घाटन

धनकुटा । उच्च मूल्यको मसलाबाली अलैंचीको उत्पादन र निकासीमा आफूहरुले भोग्दै आएका समस्या समाधानका लागि किसान र ब्यबशायीले सरकारसँग माग गरेका छन् । अलैंचीमा लाग्दै आएको निकासी कर खारेजी, सहुलियत कृषि कर्जा, तेस्रो मुलुक निर्यातका लागि आफ्नै ट्रेडमार्क, अनुसन्धान र प्रविधि विकासका साथै यथाशिघ्र जात प्रमाणिकरणको ब्यबस्था मिलाउन सरकारसँग आग्रह गरेका हुन् ।

नेपाल अलैंची ब्यबसायी महासंघको छैंठौं साधारणसभा तथा तेस्रो महाधिवेशनका लागि धनकुटाको हिलेमा भेला भएका किसान र ब्यबसायीहरुले अलैंची बिमा र खेति विस्तारका लागि सहुलियत कर्जाको ब्यबस्था कार्यान्वयन नल्याइदा किसान र ब्यबशायीहरु पलायनको अबस्थामा पुगेको जनाएका छन । उनिहरुले अलैंचीको गुणस्तर बृद्धि, अनुसन्धान र रोग परिक्षण केन्द्र संचालनमा ल्याई स्वस्थ्य विरुवा उत्पादनका लागि सहयोग गर्न आग्रह गरेका छन् । महाधिवेशनका लागि अलैंची खेति हुँदै आएका मुलुकका विभिन्न १५ जिल्लाका दुईसय अलैंची उत्पादक किसान र ब्यबसायी धनकुटामा छन् ।

“नेपाली कृर्षक तथा व्यवसायीको साझा अभियान, विश्व बजारमा गुणस्तरीय पहुचको ध्यान” भन्ने मुल नारा सहित धनकुटाको हिलेमा आयोजित नेपाल अलैची व्यवसायी महासंघको तेस्रो महाधीवेसनको उद्य्घाटन प्रदेश नं १ मुख्यमन्त्रि सेरधन राइले गर्नुभएको थियो । महासंघका अध्यक्ष निर्मल भटराइको अध्यक्षमा भएको कार्यक्रममा उद्योग बाणिज्य महासंघका विशिष्ट सदस्य चण्डीराज ढकाल,प्रतिनिधिसभा सदस्य एनपी साँवा,राजेन्द्र राई,प्रदेशसभा सदस्यहरु निरन राई,इन्द्रमणि पराजुली,राम राना, कुसुमकुमारी श्रेष्ठ,जिल्ला स्थित सरकारी तथा गैरसरकारी संघसस्थाका प्रतिनिधिहरु त्था किसान व्यवसायीहरुको उपस्थीती रहेको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु्याए बापत सस्थापक अध्यक्ष राजेन्द्र घिमिरे,उत्कृष्ट जिल्लाको रुपमा धनकुटा ,उत्कृष्ट कृर्षक लम्जुङ्गका मानबहादुर तामाङ्ग,निर्यात कर्ता गायत्री स्पाइसका प्रोपाइटर भोजराज जयन कार्यकरी अधिकृत अनिल ढुङ्गगना कर्मचारी रोशन भटराईलाई सम्मान गरिएको थियो ।-तस्बीर श्रोत :सावित्रा बान्तवा राईको फेसबुक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo