आदिवासी जनजातिले गरे प्रदेश नामांकनको बारे यायोक्खामा बिशेष छलफल

काठमाडौ । किरात राई यायोक्खाको संयोजन र व्यवस्थापनमा किरात राई यायोक्खाको सुम्निमा हल कोटेश्वरमा आदिवासी जनजाति जन्य संघ सस्थाको संयुक्त बैठक बसि प्रदेश नामांकनको बारे बिशेष छलफल गरेको छ ।

यायोक्खाका अध्यक्ष दिवस राइको अध्यक्षतामा सप्पन्न छलफलले प्रदेश नामांकनको बिषयमा आदिवासी जनजाति संघ सस्थाको तर्फबाट साझा अवधारणा बनाएर जाने र सरोकारवाला निकायमा ध्यानाकर्षण गराउँदै अरू अभियान संचालन गर्नको लागि अरू छलफल र योजना बनाउँदै जाने निर्णय गरेको छ ।

इतिहास , भुगोल, संस्कृति र सभ्यताको आधारमा १ नं प्रदेश लाई #किरात प्रदेश नामांकन गराउनको लागि किरात राई यायोक्खा लगायतले विभिन्न अभियान संचालन गरिरहेको छ ।

छलफलमा नेपाल मगर संघका अध्यक्ष नवीन मगर, सुनुवार सेवा समाजका अध्यक्ष रणबिर सुनुवार , किरात याख्खा छुम्माका अध्यक्ष लिल बहादुर रोगु, नेपाल सेर्पा संघका अध्यक्ष ए.डि सेर्पा, किरात याक्थुम चुम्लुङका उपाध्यक्ष कमल तिगेला , तमु हिल छोजधिका सचिब लक्स्मण गुरुङ, भुजेल समाजका सचिब प्रकाश भुजेल , थारू कल्याणकारी सभाका शुशिला चौधरी , ह्योल्मु सेवा समाजका पेमा लामा लगायतको उपस्थिति थियो ।

छलफलमा अध्यक्ष राइले बिषय प्रवेस गराउनु भएको थियो भने पुर्व उपाध्यक्ष द्वय दुर्गा राई र चन्द्रबिक्रम राइले पनि बोल्नु भयो । यायोक्खा लगायत संस्थाले यहि चैत १५ गते बिराटनगरमा दबाबमुलक कार्यक्रम आयोजना गरि १ नं प्रदेशलाई किरात प्रदेस नामाँकन गराउनको लागि मुख्यमन्त्री , सभामुख र प्रदेस सदस्यहरूलाइ ध्यानाकर्षण गराउने कार्यक्रम तय गरेको छ ।

त्यस्तै नामांकनकै सन्दर्भमा यायोक्खाका उपाध्यक्ष तिलक प्रसाद राइको अध्यक्षतामा धरानको यलम्बर भवनमा १ नं प्रदेसमा उपलब्ध पदाधिकारी सदस्यहरूको बैठक बसि आगामी अभियानको बारेमा बिशेश निर्णय गरेको छ ।-जनक राईको सहयोगमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo