हेल्प मधेशीले साउदीमा यसरी मनाए होली

साउदी । साउदीमा शुक्रबार होली पर्व धुमधामले मनाइएको छ । होली दमामको डल्लाहमा विविध साँस्कृतिक कार्यक्रमका साथ मनाइएको हो । उक्त कार्यक्रमलाई २०१६ मा स्थापित हेल्प मधेशी साउदीले आयोजना गरेका थिए ।

प्रमुख अथिति नेपाली दुताबासका द्वितीय सचिब बिपन दवाडीले साउदीको रियाद लगायतमा विभिन्न शहरमा होली मनाउँदै आएपनि दमाममा यो ऐतिहासिक होली भएको बताए । उनले थपे-यस साँस्कृतिक पर्वले नेपाल मात्रै नभई साउदीमा रहेका सबै नेपालीलाई एक सुत्र बाँधेको छ । दवाडीका अनुसार पूर्वी क्षेत्रका दमाम,जुवेल,खोबार लगायतका स्थानमा रहेका समस्यका लागि शनिबार क्याम्पहरुको निरकक्षनमा रहनेछन् ।

त्यसैगरी एनआरएनए मध्यपुर्व महिला उपसंयोजक यास्मिन बेगमले शुभकामनाका क्रममा नेपाल अखण्डता जोगाउन होली पर्वले भूमिका बताइन् । उनलेे थपिन्- नेपाललाई कसैले भन्दैमा खण्डित हुदैनन् भन्ने यस कार्यक्रममा उपस्थितिले प्रष्ट पर्छ ।

समारोहमा काभ्रे सेवा समाजका अध्यक्ष जेन लामाले जातिय राज्य मागेकाहरुलाई प्रवास रहेका नेपालीहरुबाट राष्टवाद सिक्नुपर्ने बताए । उनले थपे- हिमाल,तराई,पहाड कोही छैन पराई भन्ने नारालाई व्यबहारमा उतारी जातीय राज्यका लागि भाइचारा,सहिष्णुता लगायतमा खलल पुर्‍याउनेहरुलाई राज्यले कारबाही गर्नुपर्छ ।

सोही समारोहमा फ्रेन्डस अफ नेपाल तथा नेवा समाजका अध्यक्ष श्री कृष्ण श्रेष्ठ,अन्तर संस्था समन्वय समितिका अध्यक्ष कृष्ण पुरी,दिदिबहिनी समूहकी अध्यक्ष तुलसी गुरुङ,एनआरएनएका अध्यक्ष नारायण पासवान लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा एनआरएनए आईसीसीका मानर्थ सदस्य राजु सैयद,तमु धि साउदीका अध्यक्ष खम तमु,नेपाल मगर संघ साउदीका कार्यबाहक अध्यक्ष बम थापा मगर,किराँत राई यायोख्या साउदीका अध्यक्ष राम राई फ्रेन्ड्स अफ नेपाल साउदीका संरक्षक मनोज नेपाली,जनसम्पर्क समिति साउदीका प्रथम उपाध्यक्ष अर्जुन थापा,नेपाली साझा मंचका अध्यक्ष बिष्णु घिमिरे,स्याङ्जा सहयोग समाजका अध्यक्ष बाल कृष्ण पंगेनी,नेपाल इन्भेस्टमेन्ट बैंक(इन्जाज) प्रतिनिधि निरोज सिंह,नेवा समाज साउदीका सल्लाहकार सुर्य श्रेष्ठ,प्रबासी नेपाली सहयोग युवा मंचका अध्यक्ष बिजय लामा,प्रबासी नेपाली सहयोग मंचका अध्यक्ष समिर राई,सामाजिक अभियन्ता मोहन बिएसके,कुमाल समाज साउदीका अध्यक्ष ओम कुमाल उपस्थिति रहेका थिए ।

रंगीचंगी भएका उक्त कार्यक्रमलाई स्थानीय कलाकारहरु शशी झा,इस्लाम मियाँ,फविण्द्र कार्की,लक्ष्मी तामाङ,पुतली तामाङ,मेनुका तामाङ लगायतका प्रस्तुतिले मनोरञ्जनमय बनाएका थिए । होली पर्वसँग जोडिएका मिथिला संस्कृतिलाई कलाकारहरुले कलात्मक ढंगले प्रस्तुत गरेका थिए ।

हेल्पका अध्यक्ष कमल देव साह सभापति रहेका कार्यक्रममा महासचिब श्याम कुमार महतोले स्वागत मन्तव्य राखेका थिए ।
एनए मिडियाका प्रबन्ध निर्देशक रोशन एन श्रेष्ठले सञ्चालन गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo