साहित्यकार झमक घिमिरेको जीवनमा आधारित “जीवन काँडा की फूल” चलचित्र अष्ट्रियाको भियनामा प्रर्दशन सम्पन्न (भिडियो सहित)

अष्ट्रिया । गत २५ मार्च २०१९ का दिन अष्ट्रियाको भियना स्थित मार्गरेट फिल्म क्यासिनो हलमा जीवन काँडा की फूल वायोग्राफी फिल्मको प्रिमियर सो सम्पन्न भयो ।

नेपाली साहित्यकार झमक घिमिरेको जीवनमा आधारित फिल्म प्रदर्शनको कार्यक्रममा अष्ट्रेलियाको निम्ति नेपाली राजदुत प्रकाश सुवेदी, अष्ट्रिया पूर्व राजदुत परिवार सदस्य लिजेलोट्टे भालडाइम, भियना शहरको सांस्कृतिक प्रमुख डा. हायदर सारी, इन्टरपोल अफिसर जिला क्लाउडिया लगायतको विशिष्ट अष्ट्रेलियन नागरिकहरु र नेपालीहरुको उपस्थितीमा प्रदर्शन सम्पन्न भएको हो ।

नेपालबाट भियना पुगेका फिल्मका निर्देशक विनोद विष्ट, युकेबाट भियना पुगेका जीवन काँडा की फूल पुस्तकका प्रकाशक विश्वास दीप तिगेला र राजदुत सुवेदीले फिल्मको बारेमा संक्षेपमा बोल्नु भएको थियो । फिल्म हेरेर रुने दर्शकहरुले निर्माता, निर्देशक तथा सम्बन्धित सबैलाई धन्यवाद ब्यक्त गरे ।

नेपाली नानीहरुको आकर्षक दुई नृत्यबाट शुरु भएको प्रिमियर सोलाई रिकना विश्वकर्मा र नविना कंन्कारले संचालन गरेका थिए ।

फिल्मको प्रर्दशन लगतै स्वागत तथा धन्यवाद ज्ञापन पार्टीको आयोजना गरिएको थियो । विशेष प्रकारको फिल्महरु मात्र प्रदर्शन गरिने फिल्म क्यासिनो हलमा नेपाली फिल्म प्रदर्शन गर्नु गर्वको विषय भएको कुरा सहभागी रुद्र विश्कर्माले प्रतिक्रिया दिए । अन्य दर्शकहरुले फिल्म नौलो, रोचक र प्रेरणादायी भएको कुरा बताए । प्रिमियर सोको आयोजना अष्ट्रियन नेपाली सोसाईटी सगरमाथाले गरेको हो भने सोसाईटीकी अध्यक्ष श्रीमति शिला स्टाइनरले सहयोगी साथै उपस्थित सबै प्रति आभार ब्यक्त गर्नुभयो ।

कार्यक्रमलाई नेपाली सामाजिक तथा सांस्कृतिक संस्था (नेसासा) को पनि साथसहयोग रहेको थियो भने अर्को प्रदर्शन यहि आउदो ३१ मार्चको दिन भियनामै हुने भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo