नेपाल सतिको सरापले होइन वर्णवाद र नश्लवादले पछि परेको हो : सहअध्यक्ष श्रेष्ठ

काठमाडौँ । सङ्घीय समाजवादी शिल्पी महासङ्घ ३ नम्बर प्रदेशको प्रथम भेला यहि शनीवार संङ्घीय समाजबादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा काठमाडौँको मित्रपार्कमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले नेपाल पछि पर्नुुको कारण हिन्दू वर्णाश्रम व्यवस्था भएको बताउँदै तथाकथित दलित भनिएका शिल्पी समुदायमाथि अछुतको व्यवहार मानवता विरुद्ध कलंक भएको बताए । उनले भने, ‘हिन्दू वर्णाश्रमका कारण धर्मशाष्त्रहरूमा सतिले पनि नभोगेको पीडा शिल्पीले भोगे । कामदार वर्गलाई उत्पादनका साधनहरूबाट वञ्चित गराउन नै वर्णवादी शासकहरूले तथाकथित पूर्वजन्म, स्वर्ग र नर्कको कथा रचे ।’

प्रमुख अतिथि श्रेष्ठले भने, ‘भूबनोटको दृटिले टारमा पानी नआउनु वा कम आउनु स्वाभाविक हो । तर तुम्लिङ्टारमा पानी नआउँदा पनि सतिले सरापेको किम्बदन्ती रचे । विकास नहुँदा पनि सतिले सरापेको कथा रचे । यथार्थ भन्दा नेपाल कसैको सरापले होइन वर्णवाद र नश्लवादले पछि परेको हो ।’ उनले यहि कुरा सुधार्नका लागि नै देशमा धर्मनिरपेक्षता, सङ्घीयता र समानुपातिक समावेशीकरण आवश्यकता भएको बताए ।

नेता श्रेष्ठले ससफो नेपालले शिल्पीहरूका लागि नेकपा र नेपाली काङ्ग्रेसले जस्तो भातृ सङ्गठन मात्र नबनाई पार्टी सरंचनाको रूपमा गैरभौगोलिक सङ्घीयताको मान्यताअनरूप शिल्पी विशेष प्रदेश समेत बनाएको बताए । उनले विशेष प्रदेश बनाएर मात्र हुँदैन पार्टी र राज्यका सबै अङ्गहरूमा शिल्पीको प्रतिनिधित्व हुनुपर्ने बताउँदै भने, ‘पार्टी समानुपातिक समावेशी नभए सम्म राज्य समानुपातिक समावेशी बन्दैन । जस्तो समाज उस्तै पार्टी बनाए पार्टी मात्र होइन राष्ट्रिय एकता पनि बलियो हुन्छ ।’

भेलाले दिपक विश्वकर्माको अध्यक्षतामा २३ सदस्यीय समिति चयन गरेको छ । भेलामा पार्टीका राजनीतिक समिति सदस्य तथा सिल्पी महासंघका इन्चार्ज डिवी नेपाली, पार्टीका केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेश अध्यक्ष लालवहादुुर तामाङ, केन्द्रीय सदस्यहरू रामवहादुर नेपाली, कमला विश्वकर्मा, मोहन बराइली आदिले पनि मन्तब्य दिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo