धनकुटाका सात वटै स्थानिय तहमा नेकपाको एकता सम्पन्न,हेर्नहोस् को-कस्ले पाए जिम्मेवारी ?

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाको सात वटै स्थानीय तहका समितिका सदस्यहरूले सपथ लिएका छन्। पार्टी केन्द्रीय कमिटी सदस्य हेमराज भण्डारी लगायत प्रदेश कमिटी सदस्यहरूले सात वटै स्थानीय तहमा सपथ गराएका हुन्।

३ नगरपालिका र ४ गाउँपालिका रहेको धनकुटामा पूर्व एमालेले धनकुटा नगरपालिका, पाख्रिबास नगरपालिका, साँगुरीगढी गाउँपालिका, छथर जोरपाटी गाउँपालिका र शहीदभूमि गाउँपालिकाको नेतृत्व गरेको छ भने महालक्ष्मी नगरपालिका र चौबिसे गाउँपालिकाको नेतृत्व पूर्व नेकपा माओवादी केन्द्रले गरेको छ।

धनकुटा नगर अध्यक्षमा अर्जुन छाराहाङ र सचिवमा खगेन्द्र विष्ट, पाख्रिबास नगर अध्यक्षमा शान्तिराम गौतम र सचिवमा मुक्ति बजगाईं, साँगुरीगढी गाउँपालिका अध्यक्षमा देवमान राई र सचिव जगत राई, छथर जोरपाटी गाउँपालिका अध्यक्षमा इन्द्र सारुमगर र सचिवमा ज्ञानेन्द्र कार्की  र शहीदभूमि गाउँपालिका अध्यक्षमा निरबहादुर राई र सचिवमा मातृका राई रहेका छन्।

त्यस्तै पूर्व नेकपा माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय तहहरुमा महालक्ष्मी नगर अध्यक्षमा प्रेमबहादुर खड्का र सचिवमा विष्णुप्रसाद दाहाल तथा चौबिसे गाउँपालिका अध्यक्षमा इन्द्रबहादुर खत्री र सचिवमा राजकुमार चेम्जोङलाई जिम्मेवारी पाएका छन्।

तस्बीर श्रोत : हेमराज भण्डारी,सबित्रा बान्तवा राई र गोपाल भट्टराई



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo