नेवा समाज साउदीले यसरी मनायो दोस्रो विश्व नेवाः दिवस

साउदी । नेवा समाज साउदीले दोस्रो विश्व नेवाः दिवस मनाएको छ । दमामस्थित अल खयाम रेस्टुरेन्टमा शुक्रबार नेवारी भोजको आयोजना गरी दिवस मनाएको हो ।

प्रमुख अतिथि दूतावासका द्वितीय सचिव भरत खनालले प्रवासमा समेत आफ्ना जातीय पहिचानलाई संरक्षण गरी प्रवर्द्धनमा समाज लागेकोमा खुशी व्यक्त गरे । साउदीमा रहेका नेवाःले आगामी दिनहरूमा गरिने कार्यक्रमलाई दुतवासले सहयोग गर्ने सचिव खनालले बताए ।

काभ्रे सेवा समाजका अध्यक्ष जेनकुमार लामाले शुभकामना दिदै नेवाःले गरेका कार्यक्रमले भाषा, कला, संस्कृतिलाई प्रवासमा उठाउन मद्दत पुग्ने बताए । उनले थपे– ‘बहुभाषिक, बहुधार्मिक देशका हामीले संघसंस्थामार्फत पहिचानलाई पुस्तान्तरण हुने गरी संरक्षण गरिनुपर्छ ।

समारोहमा समाजका सल्लाहकार पुरुषोत्तम श्रेष्ठले मंगोलियन अनुहार एकैखालको भएपनि हालसम्म वंशावली यहीबाट आएको भन्ने लिखित प्रमाण कतै नभेटिएको बताए । उनले नेवारीहरु सांस्कृतिक र धार्मिक तवरले सबैमा चाँडै घुलमिल गर्न सक्ने समुदाय हो ।

आफ्नो पहिचानको लागि प्रवासमा रहेर पनि नेपालबाटै टपरी, चिउरा लगायतका सामग्री मगाएका सल्लाहकार सुर्य श्रेष्ठले बताए ।

दूतावासका पुर्व क्षेत्रका कर्मचारी हरि घिमिरे, एनआरएनए मानार्थ सदस्य राजु सायद, एनआरएन गल्फ मध्य पुर्वकी महिला उपसंयोजक यासमिन बेगम, एनआरएनए साउदीका अध्यक्ष नारायण पासवान, अन्तर समन्वय समितिका अध्यक्ष कृष्ण पुरीले शुभकामना दिएका थिए ।

यसैगरी एन मिडियाका प्रतिनिधि बालकृष्ण पंगेनी, तमुधिका अध्यक्ष खेम गुरुङ, मगर संघका अध्यक्ष बमबहादुर मगर, किराँत यायोक्खाका कार्यबाहक अध्यक्ष सिके राई, फ्रेन्ड अफका संरक्षक मनोजकुमार नेपाली, हेल्प मधेसीका अध्यक्ष कमलदेव शाह, दिदिबहिनी समुहका अध्यक्ष तुलसी गुरुङ, प्रवासी नेपाली सहयोग युवा मञ्चका अध्यक्ष बिजय लामा, अन्तर समन्वय समितिका पुर्वाध्यक्ष मोहन विके लगायतले शुभकामना दिए ।

यसैगरी साझा मञ्चका प्रतिनिधि अक्कल प्रधान, युवा कुमालका अध्यक्ष ओम कुमाल,अन्तर्रा्ष्ट्रिय रोल्पालीका अध्यक्ष भिम मगर, हिमालय एयरलाइन्सका प्रतिनिधि सुवास तिमिल्सिना, समाजसेवी कुमार हुमागाई,अजिज खान,राजेश सेङ्देन लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना दिएका थिए ।

समाजकी सल्लाहकार सनिता श्रेष्ठले स्वागत गरेको कार्यक्रममा अध्यक्ष श्रीकृष्ण श्रेष्ठले सभापति गरेका थिए भने रोशनएन श्रेष्ठले सञ्चालन गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo