पोर्तुगलमा नेपाली युवाको निधन

लिस्बन । गत अप्रिल ६ मा स्याङ्जाका नेपाली युवा बिदुर रेग्मीको पोर्तुगलको राजधानी लिस्बनको अलकन्त्रामा निधन भएको छ ।

२९ बर्षिय रेग्मी सन् २०१६ देखि पोर्तुगल बस्दै आएका थिए । केही बर्षदेखि उनी फोक्सोको समस्याले उपचारार्थ थिए । तर उनको मृत्यु मुलरुपमा हर्ट याटक्टबाट भएको प्रारम्भिक रिपोर्टको अनुमान छ ।

स्याङ्जा जिल्ला घर भएका रेग्मी परिवारका एकमात्र छोरा थिए । उनका तीन जना दिदिबहिनी, बुवा आमा, हजुरबुबा हजुरआमा रहेको पारिवारिक श्रोतले जनाएको छ ।

परिवारको आग्रहमा उनको शवलाई नेपाल पठाउने तयारी र प्रयास थालिएको शव ब्यबस्थापन गरि नेपाल पठाउन अगुवाइ गरिरहेको एनआरएनए पोर्तुगलका अध्यक्ष कुबेर कार्कीले बताए । यद्यपि यसकालागि केही हप्ताहरु लाग्ने अनुमान गरिएको छ। यस सन्दर्भमा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरु सहित एनआरएनए कार्यालयमा छलफल भएको थियो ।

नेपाली समुदायमा परेको यस्तो अत्यन्त दु:खद घटनामा मृतक शरीर नेपाल पठाउन सबै संघ-संस्था र नेपाली समुदायलाई आर्थिक सहयोग पुर्याइ दिन एनआरएनए पोर्तुगल र स्याङ्जा समाज पोर्तुगलले आग्रह गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo