सबै नेपालीको कथाः देशभक्तको विदेश यात्रा (भिडियो सहित)

धनकुटा । समसामयिक बिषयलाई समेटेर धनकुटा खबर अनलाईनले सर्ट मुभी(छोटो सिनेमा) निमाण गरेको छ । अनलाईनले ‘देशभक्तको बिदेश यात्रा’ शिर्षकमा पहिलो सर्ट मुभी निमाण गरेको हो ।

बिष्णु बिक्रम निरौलाको निर्देशन तथा ओम प्रकाश निरौलाको लेखनमा निर्माण गरिएको उक्त चलचित्रको मुख्य भूमिकामा निर्देशक निरौला, सन्जु लामिछाने, मान बहादुर राई, सुमिना बराईली र बाल कलाकारका रुपमा एविन निरौलाको अभिनय रहेको छ ।

देशप्रेमी मानिस जो कहिल्यै बिदेशिनु हुन्न, नेपालमा नै केहि गर्नुपर्छ भनेर समाजमा सन्देश फैलाएर हिड्ने मानिस अन्ततः ऊ आफै अन्य यूवा जस्तै बिदेशिन बाध्य हुने बिषय कथामा समेटिएको छ ।

बुद्धिमान बराईलीको संगित तथा अनन्त अुराग र सुमिना बराईलीको गायन रहेको उक्त चलचित्रको छायांङ्कन निर्देशक निरौला, नवराज पौडेल र सन्तोष निरौलाले गरेका हुन् ।

धनकुटाको पाख्रीबासमा छायाङ्कन गरिएको उक्त फिल्मको निर्माणमा नवराज पौडेल, मिलन राई, ध्रुब पौडेल, हरिमाया निरौला, नविना निरौला, मनिता राई, डि.बि. लिम्बू, किङ स्टुडियो र जालपादेवी मा.बि.पाख्रिबासको सहयोगी भुमीका रहेको छ ।

आफू लगायत सम्पूर्ण टिमको नै पहिलो प्रयास भएकोले उक्त भिडियो ‘देशभक्तको बिदेश यात्रा’ हेरी आवश्यक सल्लाह-सुझाब दिन निर्देशक निरौलाले अनुरोध गरेका छन । हेर्नुहोस् ऊक्त भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo