कुन राशिको लागि आजको दिन कति शुभ ? – हेर्नुहोस् चैत्र ३० गते शनिबारको राशिफल :रामनवमी/चैते दशैं

श्री शाके १९४० बि.स. २०७५ साल चैत्र ३० गते शनिबार इश्वी सन् २०१९ अप्रिल १३ तारीख चैत्र शुक्ल पक्ष अष्टमी तिथी ८ः४६ बजे सम्म पश्चात नवमी तिथी पुनर्वशु नक्षत्र ०६ः२७ बजे सम्म पश्चात तिष्य नक्षत्र धृति योग बालव करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा छत्र योग सुर्य उत्तरायण वसन्त ऋतु अष्टमीब्रत,गोरखकालीपूजा चैत्राष्टमी,चैतेदशैँ,रामनवमीव्रत,रामजयन्ती,रामयात्रा,भवानिको उत्पत्ति, श्रीश्वेतमत्स्येद्रनाथ रथयात्रा भ.पु.विश्वध्वज उत्थान ,अशोकको पाउला खाने (जमयात) –ज्योपं. सरोज घिमिरे/धनकुटा खबर । 

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सवारी साधनको प्रयोगमा ध्यान पूर्याउनु होला । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । कार्य क्षेत्रमा सामान्य झन्झटको सामना गर्नुपर्नेछ । प्रिय खवरले मन हर्षित तुल्याउला । मान्यजनको साथ सहयोगमा नयाँ कार्यको थालनि हुन सक्नेछ ।

बृष राशि- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

बल प्रराक्रममा बृद्यि हुनेछ । नजिकका मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । आम्दानिका श्रोत साधन सवल तूल्याउन सामान्य यात्राको आवश्यक रहनेछ ।

मिथुन राशि -का, कि, कु, घ, ङ, छ, के, को, ह

स्थीर श्रेत्रमा लगानिको योग रहेकोछ । चिसोका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पारीवारिक साथ सहयोगमा कमि महसुस हुनेछ । मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । स्वास्थ क्षेत्रमा सामान्य सुधार रहनेछ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कार्य सम्पादन प्रति अरुको दबावको महसुस हुनाले दिन तनाब पूर्ण ब्यतित रहला । प्रतिश्पर्दिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ । नयाँ मित्र प्राप्त हुनेछन ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आय आर्जनका बिभिन्न श्रोत साधनहरु फेला परेतापनि मानसिक चन्चलताले कार्य श्रेत्रमा ब्यवधान आई पर्नेछ । बाणीका कारण सामान्य बादबिवादको सम्भाबना रहेकोछ । अध्यन अध्यानपनमा अधिक समय ब्यतित गर्नु पर्नेछ । शुभ चिन्तकहरुको बृद्यि हुनेछन ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

सभासम्मेलन जन्य कार्यमा सहगायीता साथै सामान्य मान प्रतिष्ठा प्राप्तीको योग रहेकोछ । पारीवारिक कलहको सम्भाबना रहेकोछ । कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । मानसिक चन्चलताले सताउनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

यात्राका क्रममा सामान्य खर्चको सम्भाबना रहेकोछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । नजिकका मित्रजनहरुसगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

स्वास्थ सम्बन्धी समस्याका कारण सामान्य तनाब उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । खानपानका क्षेत्रमा बिशेष सजग रहनु होला । पुरानो लगानि उठाउन समयले साथ दिनेछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नु होला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायमा समय उत्तम रहेकोछ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

तपाईको कार्यमा त्रुटि देखाउनेहरुको बृद्यिहुनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । यात्रामा सामान्य झन्झट आईपर्न सक्नेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त हुनेछ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ । स्वास्थका निम्ती सामान्य खर्चको सम्भाबना समेत रहेकोछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo