एकै घरका ४ दाजुभाईले ५ लाख वरावरको अक्षकोष स्थापना गर्ने

धनकुटा,चैत ३० । धनकुटाको चौविसे गाउँपालिका वडा नं २ माथिल्लो टोड्के निवासी एक घरका ४ जना दाजुभाईले त्यहाँको संयुक्त मा वि टोक्रोम्वामा अध्ययन गर्ने प्राविधिक विषयका विद्यार्थीहरुलाई राहत पुर्याउने लक्षका साथ ५ लाख वरावरको अक्षकोष स्थापना गर्ने भएकाछन् ।

त्यहाँ गोपीनाथ आले मगर,पूर्ण वहादुर आले मगर,ध्रुव आले मगर र गंगा वहादुर आले मगरले आफ्ना स्वर्गीय माता पीता सरस्वता आले मगर र पदम वहादुर आले मगरको नामा उल्लेखीत रकमको अक्षकोष स्थापना गर्ने भएकाहुन् ।

संयुक्त मा वि मा अध्यन गर्ने विद्यार्थीहरुलाई थप राहत पुगोस् भनेर आफूहरुको सल्लाह भई अक्षकोष स्थापना गर्ने भएको शुक्रवार एक विद्यालयमा भएको एक कार्यक्रमको वीच गंगा वहादुर आलले विद्यनलयलाई जानकारी गराउनु भएको स्थानिय शालिग्राम पौडेलले जानकारी दिनुभयो ।

त्यस वाहेक विद्यालयले प्राविधिक शिक्षामा जोड दिए अक्षकोष अझ वृद्धी गर्दै लैजाने वारेमा समेत आफ्ना ४ दाजुभाईहरु सल्लाह गर्ने उहाँले वताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वीर वहादुर लिम्वु, सह प्रधानाध्यापक मान वहादुर वस्नेत र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्तामणी पौडेलले विद्यालयको वारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा वडाध्यक्ष ममिन्द्र कुमार लिम्वुले पनि वडाको तर्फवाट विद्यालयलाई सहयोग गर्ने वताउनुभएको थियो । अक्षकोष स्थापाना हुने भएपछि विद्यालयलाई पठनपाठनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo