विज्ञप्ति जारी गर्दै विप्लवले दिए धन्यवाद !

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लवले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो पार्टीले वैशाख ५ गते आव्हान गरेको नेपला बन्द सफल भएको दावी गरेको छ ।

साथै उक्त पार्टीले बन्जद सफल पार्न सहयोग र समर्थन गरेवापत ‘देशका सवै व्यवसायी, उद्योगपति, शिक्षण संस्था, व्यापारी तथा सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिप्रति हार्दिक आभारसहित धन्यवाद ज्ञापन’ पनि गरेको छ ।

पार्टीका महासचिव विप्लवको हस्ताक्षरयुक्त उक्त वक्तव्यमा ‘देशको अवस्था दिनानुदिन बिग्रिदै गएको, सरकारले जनघात र राष्ट्रघातलाई झनै बढाएर गएको, देश र जनता असाध्यै जोखिमा पर्दै गएको’ उल्लेख गर्दै ‘जनताको वास्तविक मुक्ति ल्याएन र देशलाई बचाउन एकपटक फेरि नयाँ संघर्षमा एक भएर लाग्न जरुरी भइसकेको’ उल्लेख गरिएको छ ।

सो वक्तव्यमा उक्त पार्टीले ‘निरन्तर आन्दोलनको नेतृत्व गर्दै आइरहेको’ दावी गर्दै त्यस आन्दोलनमा ‘देशभक्त, सच्चा लोकतन्त्रवादी, गणतन्त्रवादी’ हरुलाई लाग्न आग्रह समेत गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo