आठौँ राष्ट्रिय महिला फुटबल खेलमा नेपाल पुलिस क्लव विजयी

दाङ– आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार बिहान भएको महिला फुटबल खेलमा नेपाल पुलिस क्लव विजयी भएको छ।

घोराहीको भरतपुर मैदानमा भएको खेलमा प्रदेश–५ लाई ६–० ले पराजित गरेको हो।नेपाल पुलिसकी निरु थापाले ह्याट्रिक गरिन्। उनले पहिलो हाफमा नवौं मिनेट तथा दोस्रो हाफमा ५८ औँ र ८३ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेकी हुन्।यस्तै अमृता जैसीले दुई गोल गरिन्। उनले ७३ औँ र ७४ मिनेटमा गोल गरेकी हुन्। र निर्मलाले २४ मिनेटमा एक गोल गरिन्। शुक्रबार साँझ प्रदेश–२ र प्रदेश–३ बिच खेल हुनेछ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo