१२ इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको दोस्रो जित

रोयल च्यालेन्जर्स बैंगलोरले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै बैंगलोरले दोस्रो जित निकालेको हो । कोलकत्तास्थित इडेन गार्डेन्समा बैंगलोरले दिएको २१४ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ५ विकेट गुमाएर २०३ रन मात्र बनाउन सक्यो । कोलकत्ताका लागि नितिस रानाले अविजित रहदै ८५ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २१३ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान विराट कोहलीले १०० रनको शतकीय इनिङ्स खेले । कोहलीले ५८ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । यस्तै मोइन अलिले ६६ रनको अर्धशतकीय इनिङस खेले । यो जितसंगै बैंगलोर कोलकत्तासंग पहिलो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । जितसगै पुछारको बैंगलोरले ९ खेलबाट ४ अंक जोडेको छ । कोलकत्ताले ८ खेलमा ८ अंक जोडेको छ । कोलकत्ता लिगको छैटौं स्थानमा छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo