आज पनि देशभर भिटामिन ए र जुकाको औषधि ख्वाइदै

सरकारले आज पनि देशभर भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ । ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. आरपी बिच्छाका अनुसार २८ लाख बालबालिकालाई अभियानमा समेट्ने सरकारको लक्ष्य छ । कार्यक्रमका लागि ५४ हजार महिला स्वयंसेविका र प्रत्येक जिल्लाबाट जनस्वास्थ्य कर्मचारी खटिनेछन् । प्रदेश अन्तर्गतका स्थानीय तहले नै कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो । बालबालिकालाई संक्रामक रोगहरुबाट बचाउन, निमोनिया तथा झाडापखालाको प्रकोपबाट जोगाउन, रोगप्रति गरिएको छ रोगप्रतिरोधी क्षमता बढाई बाल मृत्यु दर घटाउन, आँखा सम्बन्धी रोगबाट बचाउन भिटामिन ए खुवाउने गरिन्छ । भिटामिन ए तथा जुकाको औषधि तोकिएको उमेर समूहका बालबालिकालाई हरेक वर्ष दुई पटक वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते खुवाइने गरिन्छ । यसपटक कात्तिक २ र ३ गते दशैं परेकोले कात्तिक १४ र १५ गते खुवाइएको थियो । कर्मचारी समायोजन फ्रक्रियाले कार्यत्रम प्रभावित हुने भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्क्रालय स्थानीय तह समन्वय शाखाले सबै स्थानीय तहलाई सहजीकरण गर्न निर्देशन दिएको छ । मुलुक संघीयतामा गएसंगै ७ सय ५३ वटै स्थानीय तहले यो कार्यत्रम सञ्चालन गर्ने जिम्मा पाएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo