पाख्रिबासमा सञ्चालित दुई दिने नि:शूल्क आँखा शिविर सम्पन्न,८ सय ८६ जनाले लिए सेवा

धनकुटा । धनकुटाको पाख्रीवासमा दुई दिन सञ्चालित नि शूल्क आँखा शिविरमा ८ सय ८६ जनाले सेवा लिएकाछन् ।

शिविरको दोश्रो दिन थप १ सय ४८ ले सेवा लिए सँगै सेवा लिनेको संख्या ८ सय ८६ पुगेको पाख्रीवास नगरकार्यपालिका शिविर व्यवस्थापन समितिका संयोजक शोवित निरौलाले जानकारी दिनुभयो ।

दोस्रो दिन सेवा लिएका १ सय ४८ मध्ये २७ जनाको आँखाको अप्रेशन गरिएको छ भने वाँकीको सामान्य उपचार गरिएको हो । यसअघि हिजो ८५ जनाले अप्रेशन गराएका थिए भने ७ सय ३८ जनाले साधारण सेवा लिएका थिए । अव भोलि विहान ६ वजे देखी नै आज अप्रेशन गरिएका विरामीको आँखाको पट्टी खोल्ने र औषधि वितरण गरेपछि शिविर सकिने जनाईएको छ ।

दोस्रो दिन पनि नगरको विभिन्न स्थानवाट शिविरमा विरामी ल्याउन एम्वुलेन्स र गाडी लिएर शिविर व्यवस्थापन संयोजक एवम् ४ नं वडाध्यक्ष निरौला आफै जुट्नु भएको थियो । शिविरमा लक्ष भन्दा वढी विरामीले सेवा लिएको र निक्कै उपलव्धिमूलक भएको निरौलाले वताउनुभएको छ ।

शिविरमा अन्तराष्ट्रिय ख्याती प्राप्त डा सन्दुक रुईत नेतृत्वको १३ जनाको टोलिले सेवा दिएका थिए । आँखा विरामीहरुलाई सहज रुपमा सेवा दिने लक्षका साथ तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौ, पाख्रीवास नगरपालिका,उद्योग वाणीज्यसंघ धनकुटा र नेपाल रेडक्रस शोसाईटी जिल्ला शाखा धनकुटाको संयुक्त आयोजनामा जालपादेवी माद्यमिक विद्यालयमा शिविर सञ्चालन गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo