अन्डर–सिक्सटिन क्रिकेट प्रतियोगितामा नेपालको विजयी सुरुवात

एसीसी अन्डर–सिक्सटिन पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले विजय सुरुवात गरेको छ ।थाइल्याण्डमा चियाङमाईमा आज भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले म्यानमारलाई ७ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको म्यानमारले दिएको ५९ रनको सामान्य लक्ष्य नेपालले ८ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो । नेपालको जितमा अर्जुन कुमालले अविजित २६ रन बनाए . यस्तै सुवास ऐरले ११ रन बनाए । म्यानमारका काउङ क्याले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको म्यानमार १३ ओभर २ बलमा अलआउट हुँदै ५८ रनमा समेटिएको थियो ।

म्यानमारका लागि काउङ क्याले सर्वाधिक १९ तथा क्रिस्टोफरले ११ रन बनाए । म्यानमारका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्ने सकेनन् । म्यानमारलाई सस्तैमा समेट्न कप्तान विशालविक्रम केसीले ४ विकेट लिए  । जितसँगै समूह ’ए’ को नेपालले २ अंक जोडेको छ ।साविकको विजेता समेत रहेको नेपालले दोस्रो खेलमा बुधबार मलेसियासँग खेल्नेछ ।अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo