अचम्मको चलन यस्तो पनि छ जहाँ दुलहिलाई दाइजो स्वरुप विषालु सर्प दिइन्छ

विवाहमा दाइजोको रुपमा रुपैयाँ, पैसा, गाडी दिनु आम चलन हो । तर, भारतको मध्यप्रदेश बसिआएका सपेरिया (सर्प नचाउने)समुदायमा अनौठो दाइजो दिन चलन छ । उक्त समुदायले दाइजोको रुपमा २१ वटा विषालु सर्प दिने गरेका छन् । यो परम्परा सदियौँदेखि चल्दै आएको छ ।

सर्प दाइजो दिएन भने वैवाहिक सम्बन्ध छिट्टै टुट्छ भन्ने मान्याता छ । भनिन्छ केटीको विवाह पक्का भएपछि उसको परिवारका सदस्यले सर्प समात्न सुरु गर्छन् । यस समुदायका बच्चाहरु सर्पदेखि डराउँदैनन्। बरु सर्पसँगै खेलिरहेका देखिन्छन् । खासगरी यो समुदायको पेशा सर्प समात्ने हो । यी समुदायका मान्छेहरु अरुलाई सर्प देखाएर पैसा कमाउँछन् ।

            नागरिक पत्रिका बाट।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo