राजारानी देखी अठारसय सम्मको सडक खण्डमा यातायात सेवा शुरु

धनकुटा खबर । धनकुटाको चौविसे गाउँपालिका राजारानी देखी अठारसय सम्म ८ किलो मिटरको सडक खण्डमा यातायात सेवा सञ्चालनमा आएको छ ।

मध्यपहाडी लोकमार्गको रुपमा रुपान्तरित यस सडकखण्डको ८ किलोमिटर सडकमा सञ्चालनमा आएको यातायात सेवाको आज एक कार्यक्रमको वीच भव्यताका साथ उद्घाटन गरिएको हो । यातायात सेवा उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा चौविसे गाउँपालिका ८ का वडाध्यक्ष धन वहादु लिम्वुले यातायात सेवा सञ्चालन भएसँगै अव आर्थिक उपार्जनका लागि समेत स्थानियलाई थप उत्साहित वनाउदै लगिने र सहयोग गर्दै जाने वताउनुभयो ।

राजारानीवाट अठारसय सम्म ८ किलो मिटर दूरीमा चल्ने यातायातको भाडादर पनि आजै निर्धारण गरिएको मुढेवासका स्थानिय शालिग्राम पौडेलले जानकारी दिनुभयो । जनप्रतिनीधि, यातायात व्यवसायी, वुद्धीजीवि तथा नागरिक समाजका प्रतिनीधिहरुको उपस्थितीमा निर्धारित भाडादर अनुसार राजारानीवाट १८ सय पुग्न ८० रुपयाँ तिर्नुपर्नेछ । त्यस क्षेत्रमा चल्ने विभिन्न यातायात प्रा लि का १६ वटा वस मध्ये पालो प्रणली अनुसार दैनिक यातायात सेवा दिनेछन् ।

यातायात सेवा सञ्चालनमा आएसँगै साविक वसन्तटारकाे ५ वटा वडा, मौनावुधुकको २ वटा वडा र मुढेवासको १ वटा वडा सहित अन्य स्थानका सर्वसाधारण यो सेवाबाट लाभान्वित हुनेछन् । अहिले सम्म यातायात सेवाको अभावमा पीडित जनताले आज सेवा उद्घाटन गर्न पुगेको चौविसे यातायात प्रा लिको को १ ख ६८३२ नं को वस चालक भीम राई लाई गच्छे अनुसारको दक्षिणा समेत दिदै अवीर, खदा लगाएर सम्मान गरेका थिए ।

यातायात व्यवसायीहरुको तर्फवाट वोल्दै मिक्लाजुङ यातायत प्रालि का सञ्चालक गोविन्द खड्काले सर्वसाधारणलाई नियमित रुपमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । राजारानी गिद्धे अठारसय ग्रामीण सडक उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र वहादुर आचार्यको अध्यक्षतमा भएको यातायत सेवा उद्घाटन कार्यक्रममा चौविसे गाउँपालिका वडा नं ७ का वडाध्यक्ष दूर्गा वहादुर सुवेदी,चौविसे यातायात प्रा लिका अध्यक्ष हरेन्द्र चेम्जोङ, मिम्लाजुङ यातायात प्रालिका सञ्चालक खड्का, कोशी वस व्यवसायी संघका प्रतिनीधि राजकुमार लिम्वु, पूर्वाञ्चल मटर सिन्डिकेटका प्रतिनीधि शन्तवहादुर लिम्वु लगायतको उपस्थिती थियो ।

कार्यक्रममा स्वागत मन्तव्य सडक उपभोक्ता समितिका सदस्य दिपक दाहालले राख्नुभएको थियो भने सञ्चालन सचिव मेघराज खड्काले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo