१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदै

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (आइतबार) दुई खेल हुँदैछ । आइतबार हुने पहिलो खेलमा सनराइजर्स हैदरावाद र कोलकत्ता नाईट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किङ्सबीच खेल हुनेछ ।

हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा हुने घरेलु टोली र कोलकत्ताबीचको खेल अपरान्ह ४स्१५ मा सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।घरेलु मैदानमा हैदरावाद पाँचौ जितको खोजीमा हुनेछ । अघिल्ला ८ खेलमा ४ जित निकालेको राजस्थान ८ अंक जोडेर पाँचौ स्थानमा छ ।

कोलकत्ता पनि पाँचौ जितको खोजीमा हुनेछ । छैटौं स्थानको कोलकत्ताको ९ खेलबाट ८ अंक नै रहेको छ ।यस्तै आइतबार हुने दोस्रो खेलमा पुछारको बैंगलोर र शीर्ष स्थानको चेन्नईबीचले प्रतिस्पर्धा गर्नेछ । दुई टोलीबिचको खेल राति ८स्१५ मा सुरु हुनेछ ।बैंगलोरस्थित चिन्नास्वामी स्टेडियममा घरेलु टोली तेस्रो जितको खोजीमा हुने छ । बैंगलोरले ९ खेलबाट ४ अंक जोडेको छ ।यता, चेन्नई भने आठौं जितको खोजीमा हुनेछ । चेन्नई बैंगलोरलाई हराएर प्ले अफ सम्भावना बलियो बनाउन चाहन्छ ।चेन्नईले ९ खेलबाट १४ अंक जोडेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo