करिव २ करोड मानिसको पासवर्ड १२३४५६

एक अध्ययनका अनुसार लाखौं मानिसहरु आफ्नो संवेदनशील एकाउण्टमा सजिलो पासवर्ड राख्ने गर्दछन् । बेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्र ९एनसीएससी० ले गरेको विश्लेषणमा भंग भएका एकाउण्टमध्ये धेरैले अङ्ग्रेजी अंक ु१२३४५६ु लाई पासवर्डको रुपमा प्रयोग गरेका छन् ।

एनसीसीले मजबुत पासवर्ड राख्नका लागि एकाउण्ट खोल्नेहरुले तीन अनियमित ९जस्तोसुकै० तर सम्झन सकिने शब्द राख्नुपर्ने बताएको छ ।

   संवेदनशील जानकारी
आफ्नो पहिलो साइबर सर्वेक्षणमा एनसीसीले सार्वजनिक डाटाबेसको विश्लेषण गरेको थियो, जसमा कुन शब्द, वाक्यांश र वाक्यको प्रयोग हुने गरेको छ भनेर जान्न खोजिएको थियो ।

दुई करोड ३० लाखभन्दा बढीले अङ्ग्रेजी अंक ु१२३४५६ु राखेका थिए । दोस्रो नम्बरमा धेरैले अङ्ग्रेजी अंक ु१२३४५६७८९ु लाई पासवर्ड बनाएका थिए, जसलाई भंग गर्न गाह्रो थिएन । यसपछि अङ्ग्रेजी अक्षर ुक्यू(डब्ल्यू(इ(आर(टी(वाईु र अङ्ग्रेजी अंक ु१११११११ु रहेका छन् ।

त्यसैगरी पासवर्डमा सबैभन्दा धेरै प्रयोग हुने नामहरुमा ुयासलेु, ुमाइकलु, ुड्यानियलु, ुजेसिकाु र ुचार्लीु रहेका छन् ।

यसपछि आउँछ प्रिमियर लिग फुटबल क्लबको नामलाई पासवर्ड बनाउनेहरु । यसको पहिलो नम्बरमा ुलिभरपुलु छ भने ुचेल्सीु दोस्रो नम्बरमा छ । ुब्लिंक–१८२ु सांगीतिक क्षेत्रमा सबैभन्दा माथि छ ।

‘जो मानिसहरुले सहजै थाहा पाउने शब्द र नामलाई पासवर्ड बनाउँछन्, उनीहरुको एकाउण्ट ह्याक हुने खतरा बढी हुन्छ,’ एनसीसीका प्राविधिक निर्देशक डा। इयान लिभेले भने ।

‘सहजै अनुमान गर्न सकिने जस्तैः तिनीहरुको पहिलो नाम, स्थानीय फुटबल टिम र प्यारो ब्याण्डको नामलाई पासवर्ड बनाएर सुरक्षित हुन सकिँदैन,’ उनले भने ।

   अनुमान लगाउन कठिन
एनसीसीको अध्ययनले मानिसहरुको सुरक्षा व्यवहार र डरको बारेमा पनि बताएको छ । ४२ प्रतिशत मानिसहरु अनलाइनमा हुने बदमासीका कारण पैसा गुम्ने मान्छन् भने केवल १४ प्रतिशतले मात्र अनलाइनबाट बच्न सक्ने बताएका थिए ।

आधाभन्दा बढीले इमेल एकाउण्टको पासवर्डमा अलग र सोच्न कठिन हुने शब्दको प्रयोग गरेका थिए । सुरक्षा विश्लेषक ट्रोए हन्ट, जसले ह्याक भएका एकाउण्टको डाटाबेस राख्छन्, उनी भन्छन्, ‘राम्रो र सुरक्षित पासवर्ड प्रयोग गर्नु नै आफूलाई अनलाइनबाट बचाउन ‘एकल सबैभन्दा ठूलो नियन्त्रण’ थियो, जसका कारण मानिसहरुले अनलाइन सुरक्षामाथि कब्जा गरेका थिए ।’

अप्रिल २४–२५ मा बेलायतमा हुने एनसीसीको सम्मेलनअघि यो सर्वेक्षण प्रकाशित गरिएको उज्यालो अनलाईनले यो जानकारी प्रकाशित गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo