युक्रेनको राष्ट्रपतीमा हाँस्य कलाकार विजयी

एजेन्सी । युक्रेनका हाँस्य कलाकार भोलोडिमर जेलेन्स्कीले त्यहाँको राष्ट्रपति पदको निर्वाचनमा विजयी भएको एक्जिट पोलको रिपोर्ट सार्वजनिक गरिएको छ ।

४१ वर्षिय उनी यसअघि टेलिभिजन कार्यक्रममा राष्ट्रपतिको भूमिकामा कलाकारिता गर्ने गर्दथे । दोस्रो चरणमा भएको निर्वाचनका क्रममा उनले ७३ प्रतिशत मत पाएको सो पोलको रिपोर्टमा उल्लेख छ । राष्ट्रपतिका अर्का उम्मेदवार तथा बहालवाला राष्ट्रपति पेट्रो पोरोशेन्कोलाई उनले पराजित गरेका हुन् ।पोरोशेन्कोले आफूले पद छोड्नुपर्ने भएपनि राजनीति नछोड्ने जनाएका छन् । छोटकरीमा जी मात्रै भनेर चिनिने टेलिभिजनका हाँस्यकलाकार जेलेन्स्कीको विजय गर्दा युक्रेनको संस्थापन पक्षलाई ठूलो थप्पड हुने अवस्था उत्पन्न भएको छ ।

‘‘म अहिले नै आधिकारिक रुपमा राष्ट्रपति भइसकेको छैन’’ उनले भने,‘‘तर युक्रेनको एउटा नागरिकको हैसियतले पूर्व सोभियत संघका सबै गणराज्यलाई भन्छु । हामीलाई हेर्नुस् । जेपनि सम्भव हुँदो रहेछ ।’’उनको कार्यकाल ५ वर्षको हुनेछ । दोस्रो चरणको निर्वाचन आइतबार भएको थियो ।

 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo