शिक्षा क्षेत्रलाई अराजकताको दिशातर्फ नलैजान स्थानीय तहलाई सुझाव

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रलाई अराजकताको दिशातर्फ नलैजान स्थानीय तहलाई सुझाव दिएका छन् ।

सोमबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले माध्यमिक तहसम्मको विद्यालय र शिक्षाको जिम्मेवारी पाएका स्थानीय तहले आधिकृत ढंगले शिक्षक नियुक्त गरेको भन्दै यस्तो नगर्न आग्रह गरेका हुन् । स्थानीय सरकारले शिक्षक भर्ना गर्दा शिक्षक सेवा आयोग पास गरेकाहरूबाटै शिक्षक भर्ना गर्नुपर्ने उनले बताए। ‘संघीय शिक्षा नीति आउनमा केही ढिलाइ भयो भन्दैमा शिक्षा क्षेत्रलाई अराजकताको दिशातर्फ लैजान भएन। मन्त्री पोखरेलले सुदूरपश्चिम प्रदेशको गेटामा निर्माण भइरहेको मेडिकल कलेजलाई प्रतिष्ठानका रूपमा सञ्चालन गर्ने सरकारको तयारी रहेको समेत बताए। मन्त्री पोखरेलले सुदूरपश्चिम प्रदेशको गेटसहित कर्णाली प्रदेशको सुर्खेत, प्रदेश नम्बर ५ को बुटवल र प्रदेश नम्बर २ को बर्दिबासमा प्रतिष्ठानका रूपमा मेडिकल कलेज सञ्चालन गर्ने सरकारको तयारी रहेको बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo