आज मध्यरातदेखि लागु हुने गरी श्रीलंकामा संकटकाल घोषणा गरिने

आइतबार भएका ८ वटा श्रृंखलावद्ध बिस्फोटपछि श्रीलंकामा संकटकाल घोषणा गरिने भएको छ। राष्ट्रपति मैत्रीपाला सिरिसेनाको कार्यालयले आज मध्यरातदेखि लागु हुने गरी देशभर संकटकाल लागु हुने जनाएको छ।

यसैबीच राष्ट्रपति सिरिसेनाले आइतबारको बिस्फोटमा विदेशी आतंकवादी समूहको संलग्नता पहिल्याउन अन्तर्रा्ष्ट्रिय सहयोगको अपिल गरेका छन्। आइतबार श्रृंखलावद्ध ८ बिस्फोटमा परी २९० जनाको मृत्य भएको छ भने पाँच सय जना घाइते भएका छन्। मृत्यु हुनेहरूमा बेलायती, भारतीय र जापानी नागरिक पनि रहेको बताइएको छ।घटनाको २४ घन्टा बितिसक्दा पनि कुनै समूहले जिम्मेवारी लिएको छैन।प्रहरीले घटनामा संलग्न भएको आरोपमा २४ जनालाई पक्राउ गरेको जनाएको छ। श्रीलंकाका रक्षा मन्त्री रूवान विजेवर्दनेले पक्राउ परेकाहरू धार्मिक अतिवादीहरू भएको बताएका छन्। तर उनीहरू कुन समूहका हुन् भन्ने खुलाएनन् । विश्व समुदायले यो आतंककारी र कायरतापूर्ण कार्यको निन्दा गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo