२९ सदस्यीय संघर्ष समिति गठन गर्दै चक्काजाम फिर्ता

मोरङको पथरीशनिश्चरेमा शनिबार बिहान नग्न अबस्थामा मृत भेटिएकी ब्यबसायी २९ बर्षिया रिना बस्नेतको घटनाको बास्तबिकता सार्बजनिक गर्न माग गर्दै सोमबार संघर्ष समिति गठन भएपछि चक्काजाम फिर्ता भएको छ ।

मंगलबार बिहान ९ बजेसम्म प्रहरीले सत्यतथ्य सार्बजनिक नगरे थप संघर्षका कार्यक्रम घोषणा गर्ने गरी उद्योग बाणिज्य संघ पथरीकी पुर्ब बरिष्ठ उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा २९ सदस्यीय संघर्ष समिति गठन गरिएको छ । दिनप्रतिदिन हत्या र हिंसा बढेको भन्दै पथरीका ब्यबसायी सहित स्थानीय सोमबार सडकमा उत्रिएका ।

सडकमा टायर बालेर उनीहरुले नाराबाजी समेत गरेका छन । बिरोधका कारण पुर्बपश्चिम राजमार्ग समेत केही घण्टा अबरुद्ध भएको छ । सडक जाम गर्ने क्रममा प्रहरी र स्थानीयबिच झडप समेत भएको छ । शनिबार बिहान नग्न अबस्थामा मृत फेला परेकी रिना बस्नेतका आफन्त र स्थानीय बासिन्दाले प्रहरीबिरुद्ध प्रर्दशन गर्नुका हत्यारा पक्राउ गर्न माग समेत गरेका छन । शुक्रबार राति पथरी १ मा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ बर्षिया रिना बस्नेतको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही नगरेको भन्दै पथरी अशान्त बनेको हो । प्रर्दशनमा उत्रिएका स्थानीयले नाराबाजी सहित राजमार्ग बन्द गरेको समाचार बेतना दैनीकले प्रकाशित गरेको छ । 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo