श्रीलंकामा प्रहरीे र सशस्त्र समूहबिच गोली हानाहान, क्याथोलीक चर्चद्धारा अर्को सूचना जारी नहुन्जेल सम्म प्रार्थना स्थिगीत

श्रीलंकामा प्रहरीे र सशस्त्र समूहबिच गोली हानाहान भएको छ । गएको आइतबार इस्टरको दिन राजधानी कोलम्बोसहित आसपासका क्षेत्रमा चर्च तथा सुविधा सम्पन्न होटलमा शृङ्खलाबद्ध बम आक्रमण भएको थियो ।घटनामा कम्तिमा २५० जनाको मृत्यु भएको छ भने ५०० जना भन्दा बढि घाइते भएका छन् । घटनापछि श्रीलंकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यस्तै प्रहरीले कारवाही अभियान चलाइरहेका बेला बात्तिकालोया नजिकै अम्पारा बजारमा बिस्फोट पनि भएको सेनाका प्रवक्ताले बताएका छन् । सोही आसपास क्षेत्रमा प्रहरीको छापाको क्रममा इस्लामिक स्टेट (आइएस) को पोशाक बरामद भएको छ । यसैबिच श्रीलंकाका क्याथोलिक चर्चहरुले आइतबार चर्चमा हुने सामूहिक प्राथना तत्कालका लागि स्थगित गरेका छन् । अर्को सूचना जारी नभएसम्मका लागि आइतबार हुने सामूहिक प्राथना क्याथोलिक चर्चहरुले रद्द गरेका हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo