सुरक्षा निकायले गरेको कारबाहीका क्रममा श्रीलंकामा १५ जनाको मृत्यु

सुरक्षा निकायले गरेको कारबाहीका क्रममा श्रीलंकामा १५ जना मारिएका छन् ।

सुरक्षा अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार शुक्रबार राती भएको सुरक्षा कारबाहीमा परी मारिनेमा ६ जना बालबालिका र तीन जना महिलासमेत छन् ।

शंकास्पद व्यक्तिहरु लुकेर बसेको सूचनाका आधारमा सुरक्षाकर्मीहरुले घेराहालेर आक्रमण सुरु गरेपछि दोहोरो भिडन्त भएको प्रहरीले जनाएको छ ।देशको पूर्वी ठाउँ काल्मुनाइमा भएको भिडन्तमा परी मृत्यु हुनेमा जियादी पनि छन् । उनीहरुले आत्मघाती विस्फोट गराएका प्रहरीद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

घटनास्थलबाट प्रहरीले शनिबार विहानै शव उठाएको छ । उनीहरुले खोजी अभियान पनि जारी राखेका छन् ।झण्डै २५० भन्दा बढीको मृत्यु हुनेगरी केही दिन अगाडी तीन चर्च र तीन होटलमा भएको हमलामा आफ्नो संलग्नता रहेको भन्दै इस्लामिक स्टेट्स (आईएस) लडाकूले जिम्मेबारी लिएपछि उनीहरु विरुद्ध सरकारी सुरक्षाकर्मीहरुले खोजी तथा कारबाही अभियान तिव्र पारेका छन् ।

श्रीलंकाको प्रहरी र सेनाले संयुक्त रुपमा सुरु गरेको खोजी तथा कारबाही अभियान आइएस लडाकूको बढी प्रभाव रहेका भनिएका क्षेत्रमा बढी केन्द्रित गरिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।सुरक्षा कारबाहीका क्रममा अहिलेसम्म सुरक्षाकर्मीतर्फ भने कुनै मानवीय क्षति नभएको प्रहरीले दाबी गरेको छ । घटनाप्रति केही उच्च सुरक्षा अधिकारीहरु नै दोषी रहेको भन्दै उनीहरुलाई बर्खास्त गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo