जनप्रतिनिधी होस् त यस्तो ! : पारदर्शी रुपमा काम गरेको भन्दै वडाध्यक्ष सहित समितिलाई भब्य सम्मान

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ३ र ८ का स्थानिय उपभोक्ताले मौलो खोला कसेनी मुगाखोला सडक स्तरोन्नतीको काममा विभिन्न कोणवाट सहयोग र काम गर्नुहुने समिति तथा व्यक्तिलाई सम्मान एवम् विदाई गरेकाछन् ।

उनिहरुले आज ३ नं मा एक कार्यक्रमको आयोजना गरी यो सडकको काम उत्तरदायी, पारदर्शी र जिम्मेवार तरिकाले गरेको भन्दै उत्साह र खुशीका साथ मौलो खोला कसेनी मुगाखोला सडक स्तरोन्नती समिति, पाख्रीवास ४ नं वडाध्यक्ष शोवित निरौला, पाख्रीवास ३ नेकपाका अध्यक्ष योगेन्द्र लिम्वु, प्राविधिक सहित डोजर चालकलाई भव्यताका साथ सम्मान तथा विदाई गरेकाहुन् । सम्मानित हुनेहरुलाई फूल, माला, अवीर लगाई खादा ओढाएर सम्मान गरिएको थियो ।

सम्वन्धित वडाका निर्वाचित जनप्रतिनीधि उपस्थित नभएपछि ४ नं वडाध्यक्ष शोवित निरौलाको प्रमुख आतिथ्य एवम् समाजसेवी ईन्द्र वहादुर राईको अध्यक्षतामा भएको सम्मान तथा विदाई कार्यक्रममा जेष्ठ नागरिक खिनामाया वानियाँ र कार्यक्रमका अध्यक्ष ईन्द्र वहादुर राई सहित अन्य उपभोक्ताहरुले सम्मानित हुनेहरुलाई फूल माला अवीर तथा खदा लगाएर सम्मान गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै ४ नं वडाध्यक्ष निरौलाले यसअघि चुनाव ताका भोट माग्दा पनि आफुले जनता सामु पाख्रीवास क्षेत्रको घुसखोरी प्रवृती र कोठेराजनीति अन्त्यको लागि काम गर्छु भन्ने प्रतिवद्धता व्यक्त गरेको भन्दै सोही अनुसार आफुले काम गरिरहेको वताउनुभयो । यो सडक स्तरोन्नती कार्यमा १ लाख वढी कामको लागि व्यक्तिगत सहयोग गर्नुभएका उहाँले आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा दिईएको जानकारी अनुसार नगर स्तरिय योजना अन्र्तगत स्तरोन्नतीको काम भईरहेको यस सडकको लागि नगरवाट २५ लाख,उपभोक्तहरुवाट २ लाख ७९ हजार वरावरको जनश्रमदान, पाख्रीवास ३ नेकपाका अध्यक्ष योगेन्द्र लिम्वु वाट सहयोग स्वरुप प्राप्त ५ हजारमा काम भईरहेको छ । कार्यक्रममा यो सडक स्तरोन्नती समितिका अध्यक्ष नेत्र कुमार साप्कोटाले अहिले सम्म भएको काम,खर्च,वाँकी भएको काम र वजेटको वारेमा जानकारी गराउदै अहिले सम्म वाटो कटिंको काम सकिएको र अव कर्ज वे,सोलिं लगायतको काम वाँकी रहेको जानकारी गराउनुभयो ।

यो काम पूरा गर्नका लागि पनि उपभोक्ताहरुको थप सहयोग आवश्यक रहेको उहाँको भनाई छ । त्यस्तै गरी रामजानकी मन्दिर सम्म वाटो खनेर पुर्याउनका लागि सहयोग गर्नुभएकोमा ४ नं वडाध्यक्ष प्रति खुशी व्यक्त गर्दै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नैनसिंह वानियाँले मन्दिरलाई भावि दिनमा विशेष धार्मिक स्थलको रुपमा विकास गर्ने आफुहरुको लक्ष रहेको वताउनुभयो । अहिले मन्दिर व्यवस्थापन समिति, ४ नं वडाध्यक्ष निरौला र स्थानियको पहलमा मन्दिर सम्म सामान्य वाटो पुर्याउन सकिएको भन्दै उहाँले भावि दिनमा यसको विकासका लागि जनप्रतिनीधी सहित अन्य सम्वन्धित निकायका महानुभवहरुले ध्यान दिनुहुनेछ भन्ने आशा व्यक्त गर्नुभयो ।

अन्य योजनामा विभिन्न चुनौती सामना गर्नुपरेको र यहाँ पनि आफुले नभई समितिले चुनौती वेहोर्नुपरेको स्मरण गराउदै सत्य,पारदर्शी ढंगले काम गरे समृद्ध पाख्रीवा, शुखी पाख्रीवास वनाउन सकिने वताउनुभयो ।

यता युवा हरुको तर्फवाट वोल्दै थर्क वहादुर राईले सम्वन्धित वडाहरु ३ र ८ का जन प्रतिनीधि कार्यक्रममा उपस्थित नभएको प्रति दु ख व्यक्त गर्नुभयो । सम्वन्धित वडाका जनप्रतिनीधि खोई ? उपभोक्ताले आयोजना गरेको कार्यक्रममा किन उपस्थिती जनाएनन् ? भन्ने प्रश्न गर्दै उहाँले ती जनप्रतिनीधि पनि यही पात्लेघारीमा हुर्किएका हुन्,भोलिको दिनमा यही पात्ले घारीमा आउनुपर्छ उनीहरुको मात्र भगवान सधै दाहिने हातमा हुदैनन् त्यो वेला उनीहरुलाई आभाष हुनेछ भन्नुभयो ।

साथै अहिले वनिएका र गरिएका विकास निर्माणका कामको सही उपयोग प्रति पनि युवहरु जिम्मेवार र सजग हुनुपर्ने उहाँले वताउनुभयो । त्यस्तै सडक अनुगमन समितिका संयोजक भक्त वहादुर राईले अहिले भएको काम समग्रमा राम्रो भएको वताउनुभयो । यो सडक स्तरोन्नतीको को काममा ४ नं वडाध्यक्ष निरौला,सडक स्तरोन्ती समितिका पदाधिकारी र स्थानियले सहयोग गरागर गर्दै रातको समयमा पनि खटेर लक्ष भन्दा करिव अढाई किलो मिटर वढी काम गरेको जनाईएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै जाल्पादेवि माद्ययमिक विद्यालयका शिक्षक मान हादुर राईले वच्चा पनि नरोई दुध नदिने चलन रहेको उदाहरण दिएर विकास निर्काणका लागि जनप्रतिनीधिलाई सचेत गराउन जनता नै लाग्न जरुरी रहेको वताउनुभयो । उपभोक्ता दिनेश साप्कोटाले सञ्चालन गर्नुभएको कार्यक्रमममा समाजसेवि देवेन्द्र देवान, प्राविधिक नगेन्द्र निरौला र विनोद सुवेदी डोजर चालक सहित स्थानिय उपभोक्ताहरुको व्यापक उपस्थिती थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo