चिकित्सकको टोली आज हुम्ला जाँदै

अज्ञात रोगका कारण नौ जनाको मृत्यु भएपछि विशेषज्ञ चिकित्सक सहितको टोली हुम्ला पठाउने तयारी भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ चिकित्सक सहितको टोली हुम्लामा पठाउने तयारी गरेको हो ।

अज्ञात रोगका कारण आठ जनाको मृत्यु भएपछि विशेषज्ञ चिकित्सक सहितको टोली हुम्ला पठाउने तयारी भईरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताउनुभयो ।

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर विशेषज्ञ चिकित्सक सहित आवश्यक औषधिहरु हुम्ला पठाउने तयारी भईरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रतिष्ठानले प्रदेशभरी नै स्वास्थ्य सेवा दिइरहको छ । महामारी फैलिएको ठाउँमा आकस्मिक रुपमा औषधि र विशेषज्ञ चिकित्सकहरु पठाउने गरेको उहाँको भनाई छ । हुम्लाको दक्षिणी भेगमा अवस्थित ताजाकोट गाउँपालिकामा मौसमी रुघाखोकीबाट तीन सातामा ९ जनाको मृत्यु भईसकेको छ ।

स्वास्थ्य कार्यालयले रोग निदान हुन नसके पनि मौसमी रुघाखोकीले मृत्यु भएको हुन सक्ने जनाएपछि रुघाखोकी लगायतको आवश्यक औषधिहरु दिने प्रतिष्ठानले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo