मोरङको उर्लाबारीमा चार सय ५० जनाको स्वास्थ्य परीक्षण

भारतको सिलिगुरीस्थित डा.चाङको सुपर स्पेशियलटी हस्पिटलको प्राविधिक सहयोगमा आइतबार मोरङको उर्लाबारीमा निःशुल्क एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

हाम्रो बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित सो शिविरमा चार सय ५० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा नाक, कान, घाँटी, नशा, मुटु, मधुमेह, हाडजोर्नी, स्त्री रोगलगायतका बारेमा स्वास्थ्य परीक्षण गरिएको संस्थाका अध्यक्ष डीबी थापाले जानकारी दिए । शिविरमा नशासम्बन्धी एक सय ९९, मुटुसम्बन्धी ५४, नाक कान घाँटी सम्बन्धी ३८, हाडजोर्नीसम्बन्धी ३१, मधुमेहसम्बन्धी ७५ र स्त्री रोगसम्बन्धी ३५ जनाको स्वास्थ्य परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । सो शिविरमा निःशुल्क औषधि समेत बितरण गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo