भारतमा जारी लोकसभा चुनावअन्तर्गत आज चौथो चरणको मतदान जारी, ९० करोडभन्दा बढी मतदाताले मतदान गर्दै

भारतमा जारी लोकसभा चुनावअन्तर्गत आज चौथो चरणको मतदान भइरहेको छ । १४ राज्यमा ७१ लोकसभा सिटका लागि मतदान भइरहेको हो । यो चरणमा महाराष्ट्रमा सबैभन्दा धेरै १७ सिटका लागि मतदान भइरहेको छ ।

यस्तै राजस्थान र उत्तर प्रदेशमा १३र१३, पश्चिम बंगालमा ८, मध्य प्रदेश र उडिसामा ६र६, बिहारमा पाँच, झारखण्डमा तीन तथा जम्मू–कश्मीरमा एक लोकसभा सिटका लागि निर्वाचन भएको हो ।भारतमा अहिलेसम्म तीन चरणमा कुल ३ सय २ सिटका लागि मतदान भइसकेको छ । चौथो चरणपछि यो संख्या ३ सय ७३ पुग्ने छ ।सात चरणमा भइरहेको यसपटकको निर्वाचनमा ९० करोडभन्दा बढी मतदाताले ५ सय ४३ लोकसभा सिटका लागि मतदान गर्दै छन् । भारतको चुनावमा मतदान योग्य व्यक्तिको संख्या विश्वको कुल जनसंख्याको १० प्रतिशत भन्दा बढी हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo