सेवाग्राहीसँग घुस लिने १९ कर्मचारी अख्तियारको फन्दामा

विभिन्न बहानामा सेवाग्राहीसँग घुस लिने १९ कर्मचारीलाई रङ्गेहात पक्राउ गरी मुद्दा दायर गरिएको अख्तियार दरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले जनाएको छ ।

चालू आर्थिक वर्षको पहिलो नौ महीनामा उनीहरुलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको कार्यालयले जनाएको हो ।पक्राउ पर्नेमा निजामती प्रशासन, प्राविधिक तथा प्रहरीतर्फका तल्लो तहदेखि अधिकृतस्तरका कर्मचारी हुन् ।

कार्यलयका सूचना अधिकारी देवकुमार राईका अनुसार उक्त अबधिमा भ्रष्टचार र अनियमितताका विषयमा सबैभन्दा बढी उजुरी बारा र पर्साबाट परेको छ ।उक्त अबधिमा ८१९ उजुरी परेका छन् । कार्यालयको कार्यक्षेत्रभित्र पर्ने प्रदेश नं ३ का नौ र प्रदेश नं २ का दुई जिल्ला गरी ११ जिल्लाबाट उक्त उजुरी परेको सूचना अधिकारी राईले जानकारी दिए ।उनका अनुसार ती उजुरीमध्ये ४३८ उजुरीको छिनोफानो भइसकेको छ भने बाँकी ३८१ उजुरीमाथि छानबिन भइरहेको छ ।

कार्यालयमा परेका उजुरीमध्ये अधिकांश विकास निर्माण, आन्तरिक आयको विनियोजन, उपभोक्ता समिति तथा ठेकेदारको काम, सामाजिक सुरक्षा भत्ता तथा सार्वजानिक शिक्षा र स्वास्थ्य क्षेत्रका छन् ।सबैभन्दा बढी बाराबाट परेको २२८ उजुरीमध्ये ८९ वटाको छनोफानो भइसकेको छ ।त्यस्तै पर्साका १९५ उजुरीमध्ये ९१ बटाको छिनोफानो भइसकेको छ । मकवानपुरको १३२ उजुरीमध्ये ५९ वटाको छिनोफानो भइसकेको कार्यालयले जनाएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo