स्पेनको संसदीय निर्वाचनमा सत्तारुढ समाजवादी पार्टी विजयी

स्पेनको संसदीय निर्वाचनमा सत्तारुढ समाजवादी पार्टी विजयी भएको छ ।

अन्य प्रतिस्पर्धी दललाई पछि पार्दै सोसलिस्ट वर्कर पार्टीले पहिलो स्थान हासिल गरेको हो ।स्पेनको ३५० सिट रहेको तल्लो सदन र २६६ सिट रहेको माथिल्लो सदनका लागि आइतबार भएको निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका पेड्रो सान्चेजको दल सोसलिस्ट वर्कर पार्टीले १२३ स्थानमा जित हासिल गरेको हो ।

यो कुल सिटको २९ प्रतिशत हो । बहुमत सरकार गठनका लागि १ सय ७६ सिट आवश्यक पर्दछ ।सोललिस्ट वर्कर पार्टीले सबैभन्दा धेरै २९ प्रतिशत सिट जिते पनि बहुमत हासिल गर्न भने सफल भएन ।स्पेनमा अब मिलिजुली सरकार बन्ने छ । पछिल्ला चार वर्षको अवधिमा स्पेनमा भएको यो तेस्रो निर्वाचन हो ।सान्चेजले गठबन्धन सरकार गठनका लागि क्षेत्रीय दलहरुसँग वार्ता सुरु गरेको बताएका छन् ।

उनले वार्तामा सीमित घेरा नराख्ने पनि बताउनुभएको छ ।निर्वाचन जितेपछि आफ्ना समर्थकलाई सम्बोधन गर्दै उनले संविधानको सम्मान गर्ने र सामाजिक न्यायलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । (एजेन्सी)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo