लन्डन पुगेकी अभिनेत्री श्वेता दिल्लीकाे अस्पतालमा भर्ना

नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’को सुटिङका लागि लन्डन पुगेकी अभिनेत्री श्वेता खड्काकाे गर्धनमा ट्यूमर देशिएपछि अचानक शल्यक्रिया गर्नुपरेको छ ।
श्वेताले फेसबुकमार्फत आफ्नो गर्धनमा ट्यूमर देखिएको जानकारी दिँदै उनले दाेस्रो जीवन पाएको उल्लेख गरेकी छिन् । आफ्नो शल्यक्रिया सफल भएको जानकारी पनि फेसबुकमार्फत दिएकी छिन् ।

लण्डनमा केही दिन सुटिङ गरेपछि आफू अस्वस्थ बनेको उनले बताएकी छन् । श्वेताले लेखेकी छन्, ‘लन्डन जानुभन्दा केही दिन अगाडि पनि मेरो चिउँडो मुनिको भागमा दुखेको थियो । डाक्टरसँग परामर्श गर्दा ट्यूमर देखियो । तर, यसबाट डराउनु नपर्ने र केही महिनापछि शल्यक्रिया गर्दा पनि हुने डाक्टरले बताए । तर, लन्डनमा फेरि समस्या दोहोरियो । खप्नै नसक्ने गरी दुख्ने र ज्वरोसमेत आएपछि अस्पताल गएँ । त्यहाँ डाक्टरले चाँडोभन्दा चाँडो शल्यक्रिया गर्न सुझाव दिए ।’त्यसपछि श्वेतालाई लन्डनबाट तत्कालै नयाँ दिल्ली ल्यायर डा. सुरेन्द्र कुमार दवासले आफ्नो सफल शल्यक्रिया गरेको श्वेताले जानकारी दिएकी छन् । श्वेताले अब आफ्नो नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’ अघि बढाउन नसक्ने भन्दै निराशा व्यक्त गरेकी छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo